लागेको बानी कहाँ जन्थियो
र, त्यहि माथि सबै भन्दा सानो छु भने पछि अझै बढी जिस्किन मन लाग्दो रहिछ ! पापी संसारको
म पनि एक पापी मान्छे, पाए आफ्नै नाता-गोता नपाए आफ्नै तिरको मान्छे खोज्नु मन लाग्दो
रहिछ ! खोजले सफलता पाएको थियो, नाता-गोता नभए पनि बुटवलको एउटी दीदी भेटेको थिए !
नया अफिस सबै कुरा नया थियो ! बिहानी ७ बजेको देखिको जगिरी, १२:३० मा पेटमा मुसाले
८-१० चोटी म्यारथों नै लागिसकेको थियो ! त्यहि बुटवलको दीदी र एक जना तराईको सरसंग
लागे, मो:मो पेटमा हाल्न !
कुरो जिस्किने पो थियो
क्या रे, बोल्न पाए पछि मलाई कसले भ्याउनु ! तराई तिरको मान्छे मलाई सारै रमाइलो लाग्छ,
सायद धेरै तराई तिरको साथी भएर पनि होला ! साचै, हामी संगै जाने सरलाई पो जिस्काऊदै
थिए !
"के हो सर अझ
ससुराली जाने प्लान हो कि देटिङ्ग?" मैले जिस्काउदै सोधे
सर: (तराई कै लवजमा) के भनि हाल्नु हुन्छ, कहाँ जानु ?
म: होइन अझ अलिक इस्पेसल
भएर आउनु भएको छ नि त्यसैले..
सर: अफिसमा आउदा म
सधै यस्तै हो
(लाऊन भने उहाले, सेतो
निर लगाएको सर्ट, आइरन गर्दा २ वोटा किरिज बसेको खरानी रंगको पोइन्ट र छालाको चापल
लगाउनु भएको थियो)
सरलाई जिस्काएको बुझ्दै
दीदी पनि हास्नु भयो अनि मलाई पनि जिसक्दै भन्नु भयो, "आफुलाई कसले भनोस, बराऊन
पन्ट र बराऊन जुत्ता, माय्चिंग-माय्चिंग, बुढीको चोयाइस हो क्या?"
साचो कुरा चाही कटन
पन्ट र फर्मल जुत्ता त्यहि एउटा मात्रै थियो मेरो ! उमेरमा म भन्दा जेठी भए पछि संगै
काम गर्ने भएर दीदी नभनी, मेडम भनि सम्बोधन गर्थे
म: बुढीनै चोयाइस गर्न
बाकी छ, कहाँ बुढीले चोयाइस गर्दिनु मेडम..
सर: अझै बिहे गरिहाल्नु
भएको छैन?
म: सर जस्तो स्मार्ट,
मज्जाले बनेर हिड्नु आउदैन कहाँ केटीले हेर्नु नि
!
सर: हाहा: हाहा: हाहा:
त्यो त हो ..
मेडम: किन सरको बिहे
भएको छैन?
म: छैन नि मेडम कहाँ
हुनु?
मेडम: कहिले गर्ने
त?
म: हेरु अब कहिले हुन्छ?
धेरै नहेरिहल्नु सर
अहिले नै त आखा कम्जोर भएर चस्मा लगाउनु परेको छ, पछि बिहेमा केटी हेर्ने नपाई बिहे
गर्नु पर्ला नि, हाहा: हाहा: जिस्किएको सर रिसाउनु भएको त छैन नि भन्दै मेरो काधमा
धम्प मर्दैन सरले भन्नु भयो
छैन छैन, मैले त्यति
मात्रै भने
मेडम: "आफै खोज्नु
भएको छ कि बा-आमा खोज्दिनु पर्ने सर?"
म: हाहाहा अहिले सम्म
छैन, अब बा-आमाले नै होला नि
सर: त्यसो भए त सरको
VACANY खाली भैहालेको रहिछ
मेडम: केटी चाही कस्तो
चाहिने हजुरलाई, के के छन् requirements ?
म: खासै त्यस्तो कहिँ
छैन, म संग बस्दिने भए पुग्छ
अर्का संग बस्न बिहे
गर्ने हो त सर पनि, सरले हास्दै भन्नु भो..
"त्यस्तो भन्या
होइन, म र मेरो बुवा-आमा संग बस्दिने भए पुग्छ ! घरमा जम्मा तिन जना हो, बुवा-आमा र
म !"- मैले थपे
"किन दीदी-बहिनी,
दाजु-भाई कोहि छैन?" मेडमले सोध्नु भो
"दाई हुनुहुन्छ
तर उहाको फम्ली नै लण्डनमा सय्टल हुनुहुन्छ" मैले जबाफ दिए
मैले अझै रोकिन भन्दै
गए, "मलाई बुढी छोडेर कतै गएको पनि मन पर्दैन, बरु काम छोड़दिन्छु बुढी छोडेर त
म कहिले जादिन, तर मेरो बुढी मेरो परिवार संगै बस्नु पर्छ, कहिले कहिँ घुम्न जाने भनेको
आफ्नो ठाउँमा छदै छ ! म त बुढीको परिवारलाई पनि हामी दुवैले हेर्नु पर्छ भने सोच्ने
मान्छे, बिचरा पढायो-पढायो छोरीले हेर्ने बेला छोरी बुढाको घरमा.. मलाई त्यस्तो पनि
मन पर्दैन, होला उसको भाई-दाईको फेमिली जस्तै मेरो र मेरो फेमिलीको पनि मेरो बुवा-आमा
प्रति बढी रेस्पोंसिबिलिटी हुन्छ तर दुवै परिवार हेर्नु पर्छ"
"ल तेसो भए मेरी
बहिनी ठिक हुने रहिछ" मेडम हास्दै भन्नु भयो
"हजुरको बहिनी
पनि छ?" म उस्किदै सोधे
"मेरो बहिनी छ
नि तर मैले हजुरलाई मेरो मामाको छोरी संग भन्या हो" मेडम छाता खोल्दै भन्नु भयो
हजुर मलाई राम्रो लग्यो
पनि भने, आफ्नी बहिनी हुदा-हुदा मामाको छोरी रे, मान्छेले सुरुमा आफ्नैलाई हेर्छन नि
! आफ्नी बहिनी छोडेर मामाको छोरी, एकछिन म सोचमा पुगे, म उहाको आफ्नी बहिनीको लागि
लाएक रहिन्छु क्या रे ?? धेरै पछि उहाको आफ्नै बहिनीलाई बानेश्वर एलिना बेकरीमा भेटेको
थिए अनि त्यति बेला थाहा भो म साचै उनको लाएक रहिन्छु, हामी निकै फरक सोच्ने मान्छे
रहिछौ !!
"मामाको छोरी
रे, बुटवल कै हो?? के गर्छिन नि?" मलाई सोध्न मन लागिहाल्यो
"बुटवल नै हो
घर तर अहिले यहि बस्नु हुन्छ बानेश्वर, BBA पढ्छे, सोझी छे, घरको सबै काम गर्न आउछ" मेडमले भन्नु भो
सरलाई छेउ पर्दै, मेडम
नजिक गएर मैले भने "घरको काम गराउन बिहे गर्न लागेको होर, घरको काम गर्नु पर्दैन,
घरमा काम गर्ने मान्छे छ"
"ह्य त्यस्तो
भन्या होइन, बुझकी छे, घर समाल छे पो भन्या त" मेडम रेस्टुरनटको कुर्चीमा बस्दै
भन्नु भो
गुफ्फ़ गर्दै-गर्दै
हामी खाजा खाने ठाउँ पुगेका थियौ
"खोइ फोटो हेर्नु
न त अव कुरा भैसके पछि" मैले हातले मेडमको मोबाइल देखाउदै भने
"यसमा फोटो छैन,
फेसबुकमा हेर्नु न कोनिका हो नाम"
मेडमले नाम भन्नु र
वेटरले खाजा के लिनु हुन्छ सोध्नु एक्लै चोटी भयो, त्यसैले मेरो लागि उनको नाम
"कोनिका" नै थियो ! फेसबुकमा जति "कोनिका" खोज्दा टिवी भन्दा कहिँ आएन ! ३-४
दिन त अल्ल-मल्ल परे ! यसरी सुरु भो मेरो
२.९ को यात्रा !