Showing posts with label pashupati. Show all posts
Showing posts with label pashupati. Show all posts

Saturday, April 13, 2019

प्रतिबन्ध


आझकाल प्रतिबन्धको सिल्सिला नेपालमा खुब देखिन थालेको ! नेपालका धेरै स्कुलमा कम्प्युटर बिषय तर पढाउने मान्छे त्यो भाडो, अनि के चलाउने भनेर नसिकाउने, पोर्न चही बन्द गर्ने धेरैले त्यही पोर्न हेर्न, हेरेको लिन्क लुकाउने सिल्सिलामा कम्प्युटर सिकेका छन्

चन्द्रगिरिबाट यसो काठमाडौं हेर्दा साना बाचाले खेल्दा-खेल्दै बिगारेको साना-साना घर का थुप्रो जस्तो देखिछन नेपाल का अधिकंश बढ्ढो शहरी बजारको अवस्था यस्तै , घुम्ने पार्क खेल्ने मैदान, अनि PUBG नखेलेर गर्ने त्यो पनि भन्दिनु पर्यो

फिल्म होस या गीत नेपालमा अलि-अलि चल्ने भनेको त्यही कमेडी नै हो, कुरो साचो हुँदा हुँदै अलिक भनाई नमिलेर त्यो हाडी बिनाको जिब्रोले पनि आफैलाई प्रतिबन्द लगाउँनु पर्यो प्रतिबन्धले गर्दा धेरैले पहिलो चोटी पशुपतिको दर्शन पाए

अच्चमको कुरा प्रतिबन्ध भएका सबै तीन वटा नै P बाट सुरु हुने शब्द (Porn, Pashupati, PUBG) परेछन्, अझै एउटा P बाट आउने शब्दलाई प्रतिबन्ध लगाउँ पाए कति राम्रो हुन्थियो, Politician (खराबलाई मात्रै)

प्रतिबन्ध आफैम राम्रो नराम्रो कुरा भने होईन, तर समस्या बन्नुको कारण त्यस्को बिकल्पको पनि छलफल हुँदा राम्रो