Saturday, April 13, 2019

प्रतिबन्ध


आझकाल प्रतिबन्धको सिल्सिला नेपालमा खुब देखिन थालेको ! नेपालका धेरै स्कुलमा कम्प्युटर बिषय तर पढाउने मान्छे त्यो भाडो, अनि के चलाउने भनेर नसिकाउने, पोर्न चही बन्द गर्ने धेरैले त्यही पोर्न हेर्न, हेरेको लिन्क लुकाउने सिल्सिलामा कम्प्युटर सिकेका छन्

चन्द्रगिरिबाट यसो काठमाडौं हेर्दा साना बाचाले खेल्दा-खेल्दै बिगारेको साना-साना घर का थुप्रो जस्तो देखिछन नेपाल का अधिकंश बढ्ढो शहरी बजारको अवस्था यस्तै , घुम्ने पार्क खेल्ने मैदान, अनि PUBG नखेलेर गर्ने त्यो पनि भन्दिनु पर्यो

फिल्म होस या गीत नेपालमा अलि-अलि चल्ने भनेको त्यही कमेडी नै हो, कुरो साचो हुँदा हुँदै अलिक भनाई नमिलेर त्यो हाडी बिनाको जिब्रोले पनि आफैलाई प्रतिबन्द लगाउँनु पर्यो प्रतिबन्धले गर्दा धेरैले पहिलो चोटी पशुपतिको दर्शन पाए

अच्चमको कुरा प्रतिबन्ध भएका सबै तीन वटा नै P बाट सुरु हुने शब्द (Porn, Pashupati, PUBG) परेछन्, अझै एउटा P बाट आउने शब्दलाई प्रतिबन्ध लगाउँ पाए कति राम्रो हुन्थियो, Politician (खराबलाई मात्रै)

प्रतिबन्ध आफैम राम्रो नराम्रो कुरा भने होईन, तर समस्या बन्नुको कारण त्यस्को बिकल्पको पनि छलफल हुँदा राम्रो  


Thursday, April 13, 2017

मेरो नेपाली शिक्षक

धेरै भो लेख्न मैले, खोजेको
मन - मनै शब्द खोज्दै, थाकेको
दुई सुम्लो त्यो कालो पाइप ...
कलिला गालामा पाच औलाको छपाइ
त्यसैले होला मेरा सबै
शब्द कोष नै खोसेको
ल्याउदेनस ५० भनि 

भकेका थियौ
बिधार्थी परे डराई हाले
जानी-जानी एसएलसीमा मैले
४९ अँकमै कमल रोकेको
बाउलाई भन्नु उल्टै कुटाई

नभनु त सधैको रुवाई
के गल्ति गरे मैले
खोइ के बिराए मैले
न-आइ सोद्दा
किन हो मलाई कुटेको
मनमा कुरा कति
पोखे बन्थियो किताब जति-तती
साला त्यही शब्दले रोकेको
आझ चल्दैन कमल कतै
ए मेरो नेपाली पढाउने सर
सबै तिम्रो कुटाइले रोकेको

Sunday, May 22, 2016

लुकाइएको माया

"तिमीले मेरो बारेमा पनि ब्लग लेख्छौ?" उनले मेरो निदारमा चुम्दै भनिन
मेरो केहि उत्तर नआए पछि, उनले फेरि सोधिन "Do you really love me or is just sex for you?”
"हया के हो के तिमी, sometimes i question myself who I’m to you?" उन कराइन
"You are my private prostitute" मैले उनको छाती हातले सुम्सुमाउदै हास्दै भने
मेरो ध्यान उदाउदो सुर्य हेर्न बस्त थियो ! मैले जीवनमा त्यति सुन्दर ठाउँ कहिले देखेको थिएन ! मानौ मैले झ्यालबाट त्यो उदाउदो सुर्यलाई नै समातुला जस्तो ! त्यही माथि अचल भई बगेकी राप्ती नदी  ! यो मेरो चितवनमा ७ औ पटक हो तर यति सुन्दर चितवननगरी मैले कहिले न देखेको थिए न सोचेको !
"तिमी र मैले यहाँ एउटा जग्गा लिउ है कान्छु" मैले उनि तिर हेर्दै भने
"कान्छु तिमीलाई के भयो?" मैले अतालिदो स्वरमा उनको हात समाउदै सोधे
उनीले आफ्नो आखा पुरै रातो पारिसकेकी रहिछन !
१ मिनेटको सुर्य हेराईमै उनको चिउड़ो उछिन्दै घाटीसम्म आसुका धारा लागिसकेका रहिछन !
"कान्छु भन त के भयो?" मैले उनको आसु के पुछ्न लागेको थिए उनले मेरो हात फालिदिन
उनको आसुको छिटा मेरो मुखसम्म आयो ! म केहि बुझ्न सकेको थिएन !अघि सम्म फूलेकी मेरी कान्छु अन्तत आसुमा डुबेकी थिन !
मैले हतार गर्दै आफ्नो बक्सर लगाएर, कुनाको टेबलबाट एक गिलास पानी लिएर आए
न उनले पानी खाइन न केहि बोलिन, उनको रुवाई र मेरो सोधाई रोकिएको थिए
मेरो आखामा पनि आसु देखे पछि उनले मेरो छातीमा धक्का दिदै भनिन "No one can be happy with you"
(थाकेका हामी मुक्का - मुक्की गर्दै निदाएछौ)
ढ्क-ढ्क गरी ढोका कराए पछि, उनले झिझिदै मलाई उठाउदै भनिन "ह्या, अघि देखि कसले ढोका हानेको छ, जाऊ न हेर, को हो?"
उनि खाट तल खसेको सुरवाल तानेर लगाउदै थिन, ढोका खोलि हेर्दा मैले केहि देखिन
"पुलिस रहिछ" मैले भने
"ह ! पुलिस रे" उनले आत्तिदै आफ्नो कुर्ता तानिन
"पुलिस भए नि के भो र, बिहे भाको त हो नि" उनि नआतिए जस्तो गरि भन्दै थिन
"SSP Surya Singh नै आफै आए भने" मैले हास्दै भने
"मेरो चित्त नदुखाई तिमीलाई खुशी हुदैन है, यहि गर्न आएको हो हामी यहाँ, मेरो जीवनको त्यो भुल फेरि सम्झायौ है" उनले आखा पिल - पिल पर्दै भनिन
"ह्य darling, I don’t care, I will hold you in front to your husband too” मैले उनको हात समाउदै भने

Sunday, January 3, 2016

2.9 Version II: हाम्रो पहिलो भेट

कस्ती केटी रहिछे आफ्नो exam कहिले भनेर थाहा पनि नहुने, मनमा यस्तै कुरा खेलिरहेको थियो ! Exam छ पढ्नु पर्छ, भेट्न मिल्दैन भनेले त Exam कहिले छ सेन्टर कहाँ छ पनि थाहा पाउनु पर्ने नि ! कहिले आफ्नै कलेज रे कहिले पद्मकन्या कलेज ! भेट्नु मन नभएर पो यसो भनि कि भने पनि लागेको थियो, मनै त हो के-के सोच्छ सोच्छ ! Exam सेन्टरसम्म म छोदिन्छु भनि अफिस बिदा लिएको थिए ! नया अफिसमा यो मेरो पहिले बिदा थियो, त्यहि पनि Exam सेन्टर छोड्दिन !

'ओहो, फोन खुब बिजी छ त, यनिवय्स, कजेल गए पछि थाहा हुन्छ कहाँ हो सेन्टर भनेर"  अगष्ट २ को बिहानी उनको यस्तो मस्सेज आयो !

म सुमितसंग फोनमा गुफ्फ़ गर्दै थिए, "डाक्टर सब, मलाई एउटा हेल्प जसरी पनि गर्नु पर्यो !"
"भन न के गर्नु पर्यो?" सुमितले सोध्न मात्रै के लागेको थियो मैले भनि हाले "हेल्प गर्ने भए मात्रै भन्छु !"
सुमित: "पहिले भन त सहि"
"गर्ने भए मात्रै भन्छु नत्र भन्दिन" मैले जिद्दी गरे
"मुला, अस्तिनै जस्तो जब नै जाने त होइन नि" सुमितले हास्दै सोध्यो !

धेरै पहिले मैले गर्दा उसको जब गएको थिए, त्यस्तै २०१२ को कुरा होला, मैले नेपालमै पहिले पटक कप्प्रेट फुट्सल माय्च गरेको थिए ! MCA कजेलका टिचरले पनि भाग लिएका थिए ! टिचरलाई चियर गर्न बिधार्थी पनि आएका थिए ! भिड धेरै भएर बस्ने ठाउँ कतै पनि थिएन ! गारो-गारो गरि सबै बसेका थिए तर मेरो आखा ति एउटीमा गयो ! कलेजी  सुइटरमा, यता-उताबाट धकालिदै उनि उभिएकी थिन !

"सुन्नुस त एक जनालाई भित्र ठाउँ छ !" मैले उनको कुममा हातले कोटाऊदै भने उनिले मलाई तलबाट माथि सम्म हेरिन, उनको आखाले मेरो घाटीमा झुन्डिएको कार्ड पढ्दै गरेको मैले भेउ पाइसकेको थिए !
मैले फेरि थपे, "इ यम दि इभेन्ट मनेजर, भित्र भी.ई.पी एरियामा बस्ने ठाउँ छ" मैले भी.ई.पी एरियामा देखाउदै भने
भित्र गएर "थान्क येउ" भन्दै उनि कुर्चीमा बासिन, अनि उनको साथी उनको काखमा ! हामीले कुरै कुरामा फोन नम्बर पनि साटेका थियौ !
एकदिन रति फोन उनले भनेकी थिन "हेर्नुस न पर्सि Exam छ मैले केहि पढेको छैन, सिओर फेल, कोहि डाक्टर छैन बिरामी भएको नक्कली सटिफ़िकेत बनाउन"
"मेरो धेरै साथी छन् डाक्टर म बनाईदिउला नि" मैले सान दिदै भनेको थिए त्यहि सटिफ़िकेतले गर्दा सुमितको जागिर गएको थियो, अझ त्यो कुरा फेरि ताजा भो !

"त्यस्तै त्यस्तै हो" मैले हास्दै भने
"फेरि कुन केटीलाई भेट्यौ?" मलाई जे लागेको थियो उसले थिए सोध्यो
"ह्या मुला केटीलाई होइन मलाई नै हो" मैले झर्किदै भने
"लाऊ तिमीलाई चाही के भयो नि " उसले सोध्यो

"के हुनु नि एउटा केटीलाई भेटु भनेर बिदा बसेको, बिहान बिहान हकिम्नीको फोन आयो ! सुतिरा रहिछ अझै भनेर थाहा नपोस भनेर चर्को सोरमा कुरा गरे त्यहि माथि मोरीले सन्चै भनेर सोधी मैले निद्रकाको झोकमा सबै ठिक-ठाक भन्दिहाले, टेन्सन भो नि यार"

सुमितले हास्दै  "अनि के भो त?" भनेर सोध्यो

"के हुनु नि यार हाई-लेवल बिज्नेस मिटिंग छ आझ जसरी पनि हजुर आउनु पर्यो भनि, मेरो पालो मेडम मलाई गारो भो भनि फोन राखे अनि एकछिनमा सन्चो भएन भनेर मस्सेज गर्दे नि ! भोलि केहि भनि भने इमर्जेन्सीको फाइल देखाउनु पर्छ यार नत्र बल्ल बल्ल पाएको जजिर खत्तम" मैले निरस हुदै भने
"ल ल म बनाइ दिउला" सुमितले हास्दै फोन राख्यो

त्यस्तो गारो गरि मिलाएको बिदाको कुनै अर्थ नै भएन, उनको मस्सेजमा लेखेकी थिन "शिलासंग कजेल जादै छु" ! झन् उसलाई कजेल छोड्ने बाहानामा भेटूला भन्या त साथी संग कजेल गए रे ! मैले पनि झोकिदै मस्सेज पठाए "शिला-लिलासंग हो कि bf संग हो मलाई के थाहा" एकछिन त उसको बोइ-फेरेंड छ कि जस्तो पनि लग्यो !
"ह्य विश्वास लाग्दैन भने पद्मकन्या कलेज आए हुन्छ" उनको मस्सेजसंग रिसाएको इस्माईली पनि आएको थियो

"फोन आएको-आई छ, तलाई निद्रा पनि कस्तो लागेको बाबु" ममी झिझिदै भन्नु भो
१६ ओटा मिसकल र २ ओटा मस्सेज आएको रहिछ, उनलाई Exam सेन्टर छोड्न नपाए पछि म रिसमा सुतेको थिए ११:४६ भैसकेको रहिछ !
"थान्क येउ फोर नोविंग मि" २.९ को अन्तिम मस्सेजमा त्यहि थियो
मैले हत्त-पत्त फोन लगाई हने, मेरो फोन उनले २ रिङ्गमै काटिदिन ! मैले फेरि फोन लगाए, यसपाली भने पुरा रिङ्ग फोन गयो तर फोन नै उठेन !

"सोरी, इ वास सिलिपिंग" भनेर मस्सेज गरे अनि फोन गर्दा यसपाली भने अर्कै महिलाबाट उनको फोन स्वित्च अफ भएको जानकारी आयो !
मस्सेज पनि डेलिबर भएको रहिन्छ ! केहि बेर उनलाई फोन गरि राखे तर फोन स्वित्च अफ नै थियो ! Exam सकिए पछि सायद उनले मलाई भेट्न फोन गरेको थिन होला ! उनको Exam सकियो नि झन्डै ४५ मिनेट भइसकेको थियो !

स्वित्च अफ भएको फोनमा जति फोन गरे पनि उनले थाहा हुने होइन बरु Viber मा गर्यो भने त पछि मेरो मेहनत नोटिफ़िकेसनमा झल्किन्छ भनेर त्यहाँबाट फोन गरे ! उनि अन्लाईन नभए पछि, किन फुल रिङ्ग दिनु पर्यो र, मेरो एक रिङ्गको एउटा कल हुन्थियो ! मिसकल धेरै देखाउन एकै रिङ्गमा फोन काट्थे अनि फेरि गर्थे !

"फोन कति चलाएको बाबु, खाना खाने बेला त एकछिन छोड्न" मैले खाना खादै उनलाई कल गरेको देखेर ममी कराउदै हुनुन्थियो !
त्यस्तै १ घण्टामा  मैले उनको Viberमा १४३ चोटी मिसकल गरेको थियो ! बुझे बुझ्छे नबुझे अझै एक चोटी भेट भाको छैन के भो र भनेर मैले १४३ नै जानी-जानी पुराएको थिए !

२ बजे उनलाई फोनमै फोन गरे ! यसपाली भनि फोन लग्यो ! धेरै बेरमा उनले "हेल्लो" आयो
"के छ?" यसरी कुरा सुरु गरे
"ठिकै", उनले मलाई केहि नसोधे पछि मैले आफै सोधे "काहाँ छौ?"
"कहाँ हुनु नि घरमा" उनले ठाडो पाराले उत्तर दिईन
"सोरी है, म त निदाएछु" मैले नम्र भएर भने
"ह्य मलाई यो कुरा गर्नु छैन" भन्दै उनि झर्किन
म - "तिमीले त हो नि, मसंग जान्छु भनेर शिलासंग गएको, मलाई रिसउठ्यो अनि सुतिदिए नि ! तिम्रो फोन आएको कस्सम थाहा भएन"
उनि - "यो कुरा गर्ने भए म फोन रख्दिन्छु है"
"हामीलाई पनि आउछ फोन राख्न, धेरै नाटक गर्नु पर्दैन" मैले रिसाऊदै फोन राखे

केहि बेरमा उनले नै फोन गरिन, "किन फोन राख्य नि?"
"येतिकै" मैले भने
"झन् Exam पछि भेट्छु भनेर कति फोन गरे, सेन्टर आगाडी कति कुरे, आफुले फोन उठाउनु छैन, उल्टै हजुरलाई नै रिसउठ्छ है" - उनी दिक्क मान्दै भनिन
म: "कसम मैले थाहा नपाएर हो के, ल अहिले आउनु न त म झन् तिमीलाई भेट्न भनि बिदा लिएको"
उनी: "Exam को बेला जति बेला पनि निस्किन दिनु हुन्छ क्या"
म: "एकछिन १-२ घण्टालाई त हो नि साथीकोमा नोट लिन जान्छु भनेर आउ न "
उनी: "ह्या दाई यहि हुनुहुन्छ, मलाई उहा देख्ने बितिकै त डर लाग्छ कसरी झूट बोलेर आउनु"
"भेट्न मन छैन भन न बरु" म झर्किए
"भेट्न मन हुनेले तेत्रो फोन मस्सेज गर्छन" उनी पनि झर्किन
"मलाई अरु कुरा थाहा छैन, तेसो भए ३ बजे जसरी पनि रातो भाले आगाडी आउनु" उनले केहि भन खोज्दै थिन मैले फोन राखिदिए !

गुलाबी रंगको सर्ट भित्र I'm Adorable लेखेको टि-सर्ट लगाएकी थिन,  २-४ वर्ष पुरानो भएर होला फुल पाईट भने क्वाटर भएको थियो ! पहिलो चोटी भेट्न आउदा त अलिक बन-ठन गरेर आउनु नि भनेर मन-मनै सोच्दै थिए, उनले कराइन "छिटो जाऊ घरबाट  दाई निस्किने बेला भएको छ"
मेरो बाईक फेरि स्टार्ट नै भएको थिएन
"३ बजे भनेको १५ मिनेट ढिलो आउनु छ उसलाईनै हतार छ, ल भन कहाँ जाने" बाईकमा किक्क हान्दै भने
"मलाई थाहा छैन, जहाँ गए पनि हुन्छ" उनले भनिन
भक्तपुर लैजानु पर्ला भनेर सोच्दै थिए, "ह्या पानी पर्यो" भनेर उनी कराएर म झसङ्ग भए !
त्यहि बबरमहलमा नपरेको पानी बानेश्वोर आउदा निकै दन्कियो ! बानेश्वोर जममा ओर्लेर कतै जाने ठाउँ पनि थिएन, उनी मसंग पानी परेकोमा रिसाउदै थिन ! जाममा भएकाले आफुले लगाएको कालो लेदरको जय्केट दिदै थिए उनी फेरि कराईन, "ह्या के गर्या, ला मेरो कलेजको केटिले देखि" ! जाम जसको कजेलको केटी पनि रहिछे !

मलाई पनि निकै रिस उठेर आयो ! भक्तपुर घुमाउला भनेर सोचेको मान्छे, जाम खुल्ने बितिकै बाइक घुमाएर अलिनाज बकरी तिर हुइकाए ! बाइक मात्र के रोकेको थिए, उनले फेरि मेरो सर्ट तानेर कराइन !
यस्तो पानीको मुस्लोमा उनका बाउले सिसाको भित्र ठुलो मुख परेर केक खादै गरेको उनले देखिछिन ! उनका बाउ त्यहि छेउको बैंकमा काम गर्थे क्या रे, रिसको झोकमा मैले बिर्सेछु !

उनले घर जाने जिग्दी गरे पछि, हामी फेरि भिज्दै बबरमहल तिर लाग्यौ ! बिजुली बजारको पुल काट्दा त्यहाँ भने घाम लागेको थियो ! उनी बाइकबाट ओलेर झर्किदै भनिन "आझ जस्तो दिन त कहिले भएको थिएन, बेकार आएछु" !

मलाई पनि निकै रिसउठ्यो अनि म पनि जादा जादै राम्रै भनेर हिडे "तिम्रा बा-लाई यो उमेर मैले केक खानु भन्या थिए र, अनि साउनमा नपरेको पानी कहिले पर्छ त, तिम्रै कलेजका केटीहरुलाई भेट्नु अब देखि, मलाई भेट्नु पर्दैन !" 

मेरो आधा कुरामा नै हाम्रो पहिलो भेटलाई अन्ते दिदै उनी हिडिसकेकिथिन ! 

Monday, September 14, 2015

2.9 : Version I

लागेको बानी कहाँ जन्थियो र, त्यहि माथि सबै भन्दा सानो छु भने पछि अझै बढी जिस्किन मन लाग्दो रहिछ ! पापी संसारको म पनि एक पापी मान्छे, पाए आफ्नै नाता-गोता नपाए आफ्नै तिरको मान्छे खोज्नु मन लाग्दो रहिछ ! खोजले सफलता पाएको थियो, नाता-गोता नभए पनि बुटवलको एउटी दीदी भेटेको थिए ! नया अफिस सबै कुरा नया थियो ! बिहानी ७ बजेको देखिको जगिरी, १२:३० मा पेटमा मुसाले ८-१० चोटी म्यारथों नै लागिसकेको थियो ! त्यहि बुटवलको दीदी र एक जना तराईको सरसंग लागे, मो:मो पेटमा हाल्न !
कुरो जिस्किने पो थियो क्या रे, बोल्न पाए पछि मलाई कसले भ्याउनु ! तराई तिरको मान्छे मलाई सारै रमाइलो लाग्छ, सायद धेरै तराई तिरको साथी भएर पनि होला ! साचै, हामी संगै जाने सरलाई पो जिस्काऊदै थिए !
"के हो सर अझ ससुराली जाने प्लान हो कि देटिङ्ग?" मैले जिस्काउदै सोधे
सर: (तराई कै लवजमा)  के भनि हाल्नु हुन्छ, कहाँ जानु ?
म: होइन अझ अलिक इस्पेसल भएर आउनु भएको छ नि त्यसैले..
सर: अफिसमा आउदा म सधै यस्तै हो
(लाऊन भने उहाले, सेतो निर लगाएको सर्ट, आइरन गर्दा २ वोटा किरिज बसेको खरानी रंगको पोइन्ट र छालाको चापल लगाउनु भएको थियो)
सरलाई जिस्काएको बुझ्दै दीदी पनि हास्नु भयो अनि मलाई पनि जिसक्दै भन्नु भयो, "आफुलाई कसले भनोस, बराऊन पन्ट र बराऊन जुत्ता, माय्चिंग-माय्चिंग, बुढीको चोयाइस हो क्या?"
साचो कुरा चाही कटन पन्ट र फर्मल जुत्ता त्यहि एउटा मात्रै थियो मेरो ! उमेरमा म भन्दा जेठी भए पछि संगै काम गर्ने भएर दीदी नभनी, मेडम भनि सम्बोधन गर्थे
म: बुढीनै चोयाइस गर्न बाकी छ, कहाँ बुढीले चोयाइस गर्दिनु मेडम..
सर: अझै बिहे गरिहाल्नु भएको छैन?
म: सर जस्तो स्मार्ट, मज्जाले बनेर हिड्नु आउदैन कहाँ केटीले हेर्नु नि  !
सर: हाहा: हाहा: हाहा: त्यो त हो ..
मेडम: किन सरको बिहे भएको छैन?
म: छैन नि मेडम कहाँ हुनु?
मेडम: कहिले गर्ने त?
म: हेरु अब कहिले हुन्छ?
धेरै नहेरिहल्नु सर अहिले नै त आखा कम्जोर भएर चस्मा लगाउनु परेको छ, पछि बिहेमा केटी हेर्ने नपाई बिहे गर्नु पर्ला नि, हाहा: हाहा: जिस्किएको सर रिसाउनु भएको त छैन नि भन्दै मेरो काधमा धम्प मर्दैन सरले भन्नु भयो
छैन छैन, मैले त्यति मात्रै भने
मेडम: "आफै खोज्नु भएको छ कि बा-आमा खोज्दिनु पर्ने सर?"
म: हाहाहा अहिले सम्म छैन, अब बा-आमाले नै होला नि
सर: त्यसो भए त सरको VACANY खाली भैहालेको रहिछ
मेडम: केटी चाही कस्तो चाहिने हजुरलाई, के के छन् requirements ?
म: खासै त्यस्तो कहिँ छैन, म संग बस्दिने भए पुग्छ
अर्का संग बस्न बिहे गर्ने हो त सर पनि, सरले हास्दै भन्नु भो..
"त्यस्तो भन्या होइन, म र मेरो बुवा-आमा संग बस्दिने भए पुग्छ ! घरमा जम्मा तिन जना हो, बुवा-आमा र म !"-  मैले थपे
"किन दीदी-बहिनी, दाजु-भाई कोहि छैन?" मेडमले सोध्नु भो
"दाई हुनुहुन्छ तर उहाको फम्ली नै लण्डनमा सय्टल हुनुहुन्छ" मैले जबाफ दिए
मैले अझै रोकिन भन्दै गए, "मलाई बुढी छोडेर कतै गएको पनि मन पर्दैन, बरु काम छोड़दिन्छु बुढी छोडेर त म कहिले जादिन, तर मेरो बुढी मेरो परिवार संगै बस्नु पर्छ, कहिले कहिँ घुम्न जाने भनेको आफ्नो ठाउँमा छदै छ ! म त बुढीको परिवारलाई पनि हामी दुवैले हेर्नु पर्छ भने सोच्ने मान्छे, बिचरा पढायो-पढायो छोरीले हेर्ने बेला छोरी बुढाको घरमा.. मलाई त्यस्तो पनि मन पर्दैन, होला उसको भाई-दाईको फेमिली जस्तै मेरो र मेरो फेमिलीको पनि मेरो बुवा-आमा प्रति बढी रेस्पोंसिबिलिटी हुन्छ तर दुवै परिवार हेर्नु पर्छ"
"ल तेसो भए मेरी बहिनी ठिक हुने रहिछ" मेडम हास्दै भन्नु भयो
"हजुरको बहिनी पनि छ?" म उस्किदै सोधे
"मेरो बहिनी छ नि तर मैले हजुरलाई मेरो मामाको छोरी संग भन्या हो" मेडम छाता खोल्दै भन्नु भयो
हजुर मलाई राम्रो लग्यो पनि भने, आफ्नी बहिनी हुदा-हुदा मामाको छोरी रे, मान्छेले सुरुमा आफ्नैलाई हेर्छन नि ! आफ्नी बहिनी छोडेर मामाको छोरी, एकछिन म सोचमा पुगे, म उहाको आफ्नी बहिनीको लागि लाएक रहिन्छु क्या रे ?? धेरै पछि उहाको आफ्नै बहिनीलाई बानेश्वर लिना बेकरीमा भेटेको थिए अनि त्यति बेला थाहा भो म साचै उनको लाएक रहिन्छु, हामी निकै फरक सोच्ने मान्छे रहिछौ !!
"मामाको छोरी रे, बुटवल कै हो?? के गर्छिन नि?" मलाई सोध्न मन लागिहाल्यो
"बुटवल नै हो घर तर अहिले यहि बस्नु हुन्छ बानेश्वर, BBA पढ्छे, सोझी छे, घरको सबै काम गर्न आउछ"  मेडमले भन्नु भो
सरलाई छेउ पर्दै, मेडम नजिक गएर मैले भने "घरको काम गराउन बिहे गर्न लागेको होर, घरको काम गर्नु पर्दैन, घरमा काम गर्ने मान्छे छ"
"ह्य त्यस्तो भन्या होइन, बुझकी छे, घर समाल छे पो भन्या त" मेडम रेस्टुरनटको कुर्चीमा बस्दै भन्नु भो
गुफ्फ़ गर्दै-गर्दै हामी खाजा खाने ठाउँ पुगेका थियौ
"खोइ फोटो हेर्नु न त अव कुरा भैसके पछि" मैले हातले मेडमको मोबाइल देखाउदै भने
"यसमा फोटो छैन, फेसबुकमा हेर्नु न कोनिका हो नाम"
मेडमले नाम भन्नु र वेटरले खाजा के लिनु हुन्छ सोध्नु एक्लै चोटी भयो, त्यसैले मेरो लागि उनको नाम "कोनिका" नै थियो ! फेसबुकमा जति "कोनिका" खोज्दा टिवी भन्दा कहिँ आएन ! ३-४ दिन त अल्ल-मल्ल परे ! यसरी सुरु भो मेरो २.९ को यात्रा !

Tuesday, January 13, 2015

वालेट

बिहान भखर उठ्दै थिए, सस्मिताले फोन गरिन्, "मेरो बिहे आझ रति नै हुने भो, तिमी र पाण्डे जसरी पनि आउनु पर्छ"
मैले छक्क पर्दै भने, "आझ नै रे, अनि आझ भनेर म कसरी काठमाडौँ देखि बुटवल, बरु तिमी यतै आएर बिहे गर"
उनीले झर्किदै भनिन, "अरु कुरा मलाई थाहा छैन, तिमी र पाण्डे जसरी पनि आउनु पर्छ, काली र भुन्टीको नमिल्ने भो रे, आएनौ भने साथी भन्नु पर्दैन मलाई"
"ल ल म पाण्डेलै फोन गर्छु" भनि फोन राख्ने
अनि एकछिनमा सस्मितालाई फोन गरे, "पाण्डेको मिल्दैन रे, exam छ रे भोलि देखि"
"मोर त्यसो भए, पाण्डे नआए पनि तिमी भने जसरी नि आउनु पर्छ, नत्र मेरो मुख कहिले हेर्नु पर्दैन" उनीले भनिन
"म एक्लै कसरी आउने" मैले दिक्क मान्दै भन्दै थिए उनले फोन राखिसकेकी रहिन्छ्न !
उनीले फोन राखे पछि मैले मेरो कल-लग हेर्दै थिए, तेस्रोमा "J" थियो, J लाई नै फोन गरे,
"Do you want go out of valley with me ?" मैले यति मात्रै भने
"out of valley रे कहाँ?" उनि अचम्म पर्दै भनिन
"बुटवल, जाने कि नजाने, त्यति मात्रै भन्न" मैले भने
"जाने तर... " उनि केहि भन्दै थिन मैले बिचमै रोके, "तर सर थाहा छैन मलाई, अहिले ८ बज्यो जसरी पनि १० बजे भित्र कलंकी पुग्नु अनि घरमा समिक्ष्याको दाईको बिहेमा बस्ने गरि जानु पर्ने भो भनेर आउनु है, बिहेको लागि कुर्ता पनि राख्न न अनि घरमा विश्वास गर्नु हुन्छ ! साचै, न्यानो कपडा पनि लगाएर आऊ तर धेरै पर्दैन भोलि नै फर्किने हो" उनीले केहि सोध्न खोज्दै थिन मैले फोन राख्ने !
निकै माया लागेको थियो उनको मलाई, मेरो एकै बोलीमा "हुन्छ" भनिन ! घुम्न त सबै मन लाग्छ तर यति सानो समयमा कहाँ?? किन?? कसरी?? केहि नसोधी मेरो ह माथि ह मिलाइन ! त्यहाँ उनको घुम्ने इच्छा भन्दा म प्रतिको विश्वासको हाबी थियो ! आझ सम्म पनि उनले मलाई कहिले नाई भनेकी छैनन्, कति जाऊ भन्दा !
धेरै बेरको किच-किच पछि ७०० सयमा दुई जनालाई बुटवल पुराईदिने कुरा मिल्यो खलासीसंग !
हामी A साईडको ५-६ नम्बरको सिटमा पाएका थियौ, उनले झयालमा म बस्ने भनिन, मैले पनि जिस्किदै "झयालमा त म बस्छु" भने, उनले ठुस्स पर्दै "ल बस्नु" भनेर सिट छोड्न लागेकी थिन ! मैले हास्दै भने "होइन बाबा जिस्किएको" अनि त्यहि मौकामा गालामा एउटा पप्पी दिए ! उनका गाला लाजले राता भए अनि ठुला आखाले मलाई हेरिन ! मैले "क्यों देखा, क्यों देखा" भन्दै फेरि अर्को पप्पी लिए ! दुवै गालालाई हातले समातेर मलाई हेरी एकै चोटी नक्क र ओठ खुम्चाइन अनि बाहिर तिर हेरिन !
मैले पनि हाम्रो पालो पट्टि बस्ने दुई जना केटासंग मुस्कान साट्दै थिए, उनीले सोधिन, "म त आझ सम्म बुटवल गएको छैन, कति टाडा पर्छ?"
"जाम भएन भने त्यस्तै ८-१० घण्टा" मैले भने
उनले दुवै आखिबाउ माथि गर्दै  बोलिन "ओ हो ८-१० घण्टा? तेत्रो बेर गाडीमा बस्ने? चितवन भन्दा पनि टाडा छ? साचै बुटवल चाही हामी किन जान लागेको? घुम्न हो कि कामले?"
"पख-पख कति धेरै सोधिरा" मैले उनलाई त्यहि रोके
अनि बेली-विस्तार लगाउदै भने, "काठमाडौँ देखि चितवन भन्दा ठयाक्क डबल छ !" उनि आफ्नो कलेज टुरमा चितवन सम्म पुगेकी थिन, काठमाडौँ बाहिर भनेको उनलाई त्यहि चितवन सम्म मात्रै थाहा थियो ! त्यसले चितवन भएर नै बुटवलको बाटो उनलाई बुझाए !
"८-१० घण्टा भए पनि बीच-बीचमा खाजा खान, खाना खाना, सुसू गर्न रोक्छ नि, गार्रो हुदैन म छु नि" भन्दै  उनको टाउकोलाई मेरो काधमा राखे अनि फेरि सुरु भए उनको जिज्ञासाहरु हटाउन "घुम्न नै जान लागेको, खासमा सस्मिताको आझ बिहे छ" उनले आफ्नो टाउको काधबाट हटाएर रिसले मलाई हेर्दै भनिन "म चाही किन जान लागेको त? मलाई बोलाएको छ र ? ह्या भन्नु पर्छ नि, त्यसैले पो बिहेको कपडा राख भनेको रहिछ"
सायद उनलाई चित्त दुखेको थियो होला, उनलाई थाहा थियो कि स्कुल हुदा म सस्मितालाई मन पराउथे ! आफ्नो बुढाले पहिले मन पराएको केटीको बिहेमा नबोलाई जान्नु उनको लागि गारै कुरा नै थियो तर हामी हिडी सकेका थियौ, गाडीले खाजा खाने ठाउँमा पुराऊन लागिसकेको थियो ! त्यहि रिसले होला मैले उनको खाजा खाने ठाउँमा, त्यो उखु बेच्दै गरेको ठेलासंग लिएको फोटोमा उनि ठुसा परेकी छिन् ! मैले सम्झाउदै भने, "सरी कान्छु, हतार हतारमा सबै भयो के, सस्मिताले पनि बिहान भखर भनिन आझ बिहे भनेर तर तिमीलाई पनि बोलाएको छ, येतिकै कहाँ तिमीलाई नराम्रो परेर लैजान्छु त "
त्यस पछि पनि मैले सस्मितासंग धेरै चोटी कुरा गरेको थिए फोनमा, उनले नै तिम्रो बुढीलाई लिएर आउन न भनेकी थिन, अझै बरु नम्बर देउ म आफै कल गर्छु भनेको थिन, मैले पर्दैन भनेर मात्रै हो !
खाजा खाने ठाउँमा रिसले होला केहि खान उनले मानिनन् अनि मैले फकाई फकाई जुस र एउटा चाउ-चाउ खुलाए ! उखु देखेर उखु खान्छु भनिन त्यो पनि खाइन, भखर-भखर लोव परेको केटा-केटी देखेर हो कि किन हो हामीलाई त्यो उखु पसले ठगेछ ! पछि पो हामी भन्दा पछाडी सिटमा बसेका बुढा-बुढीको कुराले थाहा भो ! बुढीले भन्दै थिन, "है बुढा येत्रो उखु २० मा लियौ सस्तै त हो नि ", "के को सस्तो नि तैले कमा अनि थाहा पाउछेस, २० रुपिया भनेको कति हो" बुढा झिझिदै भन्यो
"हजुरलाई त मैले किनेको जे पनि महँगो लाग्छ" बुढीले पनि रिसमा भनिन अनि दुवै अर्कै-अर्कै तिर फर्किदै बसे, उनीहरु चल्दा सिटको आवाजले थाहा पायौ !
उनि मलाई हेर्दै म उनीलाई हेर्दै मुसु-मुसु हस्यौ, बिहे कुराले रिसाएकी उनि भखर मात्रै हसिन ! मलाई नै सम्झेर हास्दै थिन होला, गाडी चड्ने बेला मैले उनलाई भनेको थिए हाईवयमा हिड्दा ख्याल गर्नु पर्छ है जुन सामान पनि महँगो भन्छन, बुझेर मात्रै किन्नु पर्छ ! त्यस्तो गुफ्फ़ दिने म आफै ठगिए ! मैले त्यो उखुलाई सस्तो मै दियो भन्दै ८० रुपैयामा किनेको थिए ! अगी पछाडीकी बुढीले २०मा किनेको भन्दा मैले आमिलो थुक्क निलेको थिए !
बाटोमा मैले ठाउँहरु चिनाउदै गए ! हामीले खाना रामनगरमा खायौ ! धेरै बाटोमा उनि निदाईन, मैले उनको टाउको मेरो काधमा राखेर उनको कपाल चलाउदै गफ्फ गर्दै गए !  बुटवल आउन लाग्दा मैले रागसलाई फोन गरे, बिहे आझै भएकोले उसको घरमा गएर फ्रेश भई कपडा लगाउनु थियो ! अंन्टीले पनि मलाई धेरै माया गर्नु हुन्थियो र अझै पनि गर्नु हुन्छ ! रागसको बहिनी पनि हुदा उनीलाई पनि कपडा लगाऊन सझिलो हुन्थियो त्यसैले मैले त्यहाँ जाने सोचेको थियो ! मन-मनमा धेरै डर थियो, उनको र मेरो बारेमा त्यहाँ कसैलाई थाहा भो भने मलाई घरबाट नै निकल्दिनु थियो होला ! अंन्टी र मेरो मुम्मी धेरै मिल्ने साथी हुनुन्थियो ! उहाहरुको सधै फोनमा कुरा हुन्थियो ! झुकेर पनि कसलाई थाहा भो भने म निकै समस्यामा पर्थे ! सायद यो मेरो जिन्दगीको ठुलो सहस मध्य एउटा थियो !
मैले उनलाई मज्जाले सम्झाएको थिए, धेरै नबोल्नु, कसले को हो भनेर सोध्यो भने सस्मिताको सानोको साथी हो, बिहेमा आउन मात्रै संगै आएको नत्र मलाई खासै चिन्दिन भन्न भनेको थियो ! रागसको घर पुगे पछि म नै बोल्थे, उनको परिचय मैले नै दिए ! उनलाई कसैले केहि सोधी हाल्यो भने म आफै जबाफ दिन्थे ! गफ्फई-गफ्फमा मैले उनको घरपनि बुटवल थियो भनेछु, साझ कपडा लगाउने बेला उनलाई रागसको बहिनीले सोधिछिन, अनि उनले आफ्नो घर फिल्म हलको नजिक हो भनेर भनिछन ! यति भन्दा पनि फेरि फिल्म हल देखि कता भनेर उनलाई सोधे पछि उनलाई के भन्नु के भन्नु भएछ ! उसलाई चुप लगाऊन उनले आफ्नो एउटा कानमा लगाउने झुम्का उसलाई दिनु पर्यो ! झुम्काले हाम्रो झुट लुकाएको थियो ! केटी मान्छेलाई झुम्का पाए पछि कुरा आउने त कुरै भएन !
बिहे घर त्यहाँ भन्दा ४-५ किलो-मिटर टाडा थियो ! रातिको बिहे भएकाले गाडी पाउन पनि मुस्किल थियो ! त्यसले बिबसलाई फोन लगाएर बोलाए ! बिबसले हामीलाई उसको बाईकमा बिहे घर त पुरै दियो तर अर्को ठुलो समस्यामा भने हालिदियो ! मलाई जुन कुराको डर थियो, त्यहि नै भयो ! धेरै पहिले उसले मलाई र उनलाई पाटन दरबारमा देखएको थियो ! मैले उनीलाई मेरो बुढी भनि उसलाई चिनाएको थिए ! हामीलाई पुराएर आए पछि उसले सबै कुरा रागसलाई सुनाए छ अनि अर्को दिन रागसले घरको सबैलाई ! मलाई झन्डै १ घण्टा लग्यो होला सबैलाई सम्झाउन ! अन्तमा हामीले एक-अर्कालाई खासै चिन्दैनौ भनेर मैले सबैलाई झुटो विश्वास दिलाए !
बिहे घर पुग्ने बितिकै आलोकले मलाई ऊ को हो भनेर सोध्यो, मैले "साथी" भनेर भनेको थियो ! खाएको सुरमा उसले "बहिनी" भनेर सुनेछ ! त्यसले पनि ठुलो काण्ड परेको थियो त्यसको चर्चा पछि गरुला ! बिहे घर त पुगियो तर चिनेको सबै खाएर टिल थिए अर्को टिल नभएको चिनेको मान्छे भनेको दुलई मात्रै थिइन् ! दुलईलाई मंडवमा डिस्टब गर्न जाने कुरा भएन, त्यसैले मैले उनिसंग कुरा गर्न लागे !
"आझ तिमी साचै निकै राम्रो देखेको छौ ! I became fan of yours " मैले भने
"किन अरु बेला नराम्रो देखिन्छु र? हजुरलाई पनि निकै राम्रो देखेको छ" भन्दै मेरो टाई मिलाई दिईन
"होइन अरु बेला पनि राम्रो देखिन्छौ तर आझ अलिक बढी" मैले हास्दै भने !
 साचै आझ उनी निकै राम्री देखेको थिए ! उनले भन्टा रंग बुट्टादार कुर्ता लगाएकी थिन ! त्यस माथि कालो सल ओडेकी थिन ! साचैको रानी जस्तै देखिकी थिन ! फुलबारीमा फुलेको सबै भन्दा राम्रो फुल जस्तै देखेकी थिन मेरी कान्छु आझ !
"गिफ्ट दिनु पर्दैन?" उनले मलाई सम्झाईन
कुरै कुरामा मैले त बिर्सेछु ! मंडव नजिकै गिफ्ट दिने टेबुल थियो ! हामी त्यतै लाग्यौ, "हजुरको नाम" टेबलमा बसेको जुगावाला दाईले सोध्नु भो,
"सागर ज्ञवाली" मैले यति मात्रै भने
"के छ यसमा?" टेबलबाट प्रश्न आयो
"किताब" मात्रै के बोलेको थिए दाईले दुख गरेको लगाएको गिफ्ट रप्पिंग पेपर च्यातेर लेख्नु भो, "सागर ज्ञवाली - किताब - जीवन कडा कि फुल"

घरबाट कलंकी जानु आगाडी घर नजिकको किताब पसलमा पसेर त्यो किताब किनेको थिए ! धेरै हिडेर भेटेको गिफ्ट पसलमा रप्पिंग गर्न लगाएको थिए ! उनि मलाई हेर्दै केहि सोध्न खोज्दै थिन मैले कुरा बुझिहाले "हाम्रो तिर गिफ्ट के लिएर आयो भनेर हेरेर लेख्ने चलन छ, त्यस्तो गर्दा गिफ्टमा आएको पैसा-समान हराऊदैन नि"

To be continue...