Tuesday, January 13, 2015

वालेट

बिहान भखर उठ्दै थिए, सस्मिताले फोन गरिन्, "मेरो बिहे आझ रति नै हुने भो, तिमी र पाण्डे जसरी पनि आउनु पर्छ"
मैले छक्क पर्दै भने, "आझ नै रे, अनि आझ भनेर म कसरी काठमाडौँ देखि बुटवल, बरु तिमी यतै आएर बिहे गर"
उनीले झर्किदै भनिन, "अरु कुरा मलाई थाहा छैन, तिमी र पाण्डे जसरी पनि आउनु पर्छ, काली र भुन्टीको नमिल्ने भो रे, आएनौ भने साथी भन्नु पर्दैन मलाई"
"ल ल म पाण्डेलै फोन गर्छु" भनि फोन राख्ने
अनि एकछिनमा सस्मितालाई फोन गरे, "पाण्डेको मिल्दैन रे, exam छ रे भोलि देखि"
"मोर त्यसो भए, पाण्डे नआए पनि तिमी भने जसरी नि आउनु पर्छ, नत्र मेरो मुख कहिले हेर्नु पर्दैन" उनीले भनिन
"म एक्लै कसरी आउने" मैले दिक्क मान्दै भन्दै थिए उनले फोन राखिसकेकी रहिन्छ्न !
उनीले फोन राखे पछि मैले मेरो कल-लग हेर्दै थिए, तेस्रोमा "J" थियो, J लाई नै फोन गरे,
"Do you want go out of valley with me ?" मैले यति मात्रै भने
"out of valley रे कहाँ?" उनि अचम्म पर्दै भनिन
"बुटवल, जाने कि नजाने, त्यति मात्रै भन्न" मैले भने
"जाने तर... " उनि केहि भन्दै थिन मैले बिचमै रोके, "तर सर थाहा छैन मलाई, अहिले ८ बज्यो जसरी पनि १० बजे भित्र कलंकी पुग्नु अनि घरमा समिक्ष्याको दाईको बिहेमा बस्ने गरि जानु पर्ने भो भनेर आउनु है, बिहेको लागि कुर्ता पनि राख्न न अनि घरमा विश्वास गर्नु हुन्छ ! साचै, न्यानो कपडा पनि लगाएर आऊ तर धेरै पर्दैन भोलि नै फर्किने हो" उनीले केहि सोध्न खोज्दै थिन मैले फोन राख्ने !
निकै माया लागेको थियो उनको मलाई, मेरो एकै बोलीमा "हुन्छ" भनिन ! घुम्न त सबै मन लाग्छ तर यति सानो समयमा कहाँ?? किन?? कसरी?? केहि नसोधी मेरो ह माथि ह मिलाइन ! त्यहाँ उनको घुम्ने इच्छा भन्दा म प्रतिको विश्वासको हाबी थियो ! आझ सम्म पनि उनले मलाई कहिले नाई भनेकी छैनन्, कति जाऊ भन्दा !
धेरै बेरको किच-किच पछि ७०० सयमा दुई जनालाई बुटवल पुराईदिने कुरा मिल्यो खलासीसंग !
हामी A साईडको ५-६ नम्बरको सिटमा पाएका थियौ, उनले झयालमा म बस्ने भनिन, मैले पनि जिस्किदै "झयालमा त म बस्छु" भने, उनले ठुस्स पर्दै "ल बस्नु" भनेर सिट छोड्न लागेकी थिन ! मैले हास्दै भने "होइन बाबा जिस्किएको" अनि त्यहि मौकामा गालामा एउटा पप्पी दिए ! उनका गाला लाजले राता भए अनि ठुला आखाले मलाई हेरिन ! मैले "क्यों देखा, क्यों देखा" भन्दै फेरि अर्को पप्पी लिए ! दुवै गालालाई हातले समातेर मलाई हेरी एकै चोटी नक्क र ओठ खुम्चाइन अनि बाहिर तिर हेरिन !
मैले पनि हाम्रो पालो पट्टि बस्ने दुई जना केटासंग मुस्कान साट्दै थिए, उनीले सोधिन, "म त आझ सम्म बुटवल गएको छैन, कति टाडा पर्छ?"
"जाम भएन भने त्यस्तै ८-१० घण्टा" मैले भने
उनले दुवै आखिबाउ माथि गर्दै  बोलिन "ओ हो ८-१० घण्टा? तेत्रो बेर गाडीमा बस्ने? चितवन भन्दा पनि टाडा छ? साचै बुटवल चाही हामी किन जान लागेको? घुम्न हो कि कामले?"
"पख-पख कति धेरै सोधिरा" मैले उनलाई त्यहि रोके
अनि बेली-विस्तार लगाउदै भने, "काठमाडौँ देखि चितवन भन्दा ठयाक्क डबल छ !" उनि आफ्नो कलेज टुरमा चितवन सम्म पुगेकी थिन, काठमाडौँ बाहिर भनेको उनलाई त्यहि चितवन सम्म मात्रै थाहा थियो ! त्यसले चितवन भएर नै बुटवलको बाटो उनलाई बुझाए !
"८-१० घण्टा भए पनि बीच-बीचमा खाजा खान, खाना खाना, सुसू गर्न रोक्छ नि, गार्रो हुदैन म छु नि" भन्दै  उनको टाउकोलाई मेरो काधमा राखे अनि फेरि सुरु भए उनको जिज्ञासाहरु हटाउन "घुम्न नै जान लागेको, खासमा सस्मिताको आझ बिहे छ" उनले आफ्नो टाउको काधबाट हटाएर रिसले मलाई हेर्दै भनिन "म चाही किन जान लागेको त? मलाई बोलाएको छ र ? ह्या भन्नु पर्छ नि, त्यसैले पो बिहेको कपडा राख भनेको रहिछ"
सायद उनलाई चित्त दुखेको थियो होला, उनलाई थाहा थियो कि स्कुल हुदा म सस्मितालाई मन पराउथे ! आफ्नो बुढाले पहिले मन पराएको केटीको बिहेमा नबोलाई जान्नु उनको लागि गारै कुरा नै थियो तर हामी हिडी सकेका थियौ, गाडीले खाजा खाने ठाउँमा पुराऊन लागिसकेको थियो ! त्यहि रिसले होला मैले उनको खाजा खाने ठाउँमा, त्यो उखु बेच्दै गरेको ठेलासंग लिएको फोटोमा उनि ठुसा परेकी छिन् ! मैले सम्झाउदै भने, "सरी कान्छु, हतार हतारमा सबै भयो के, सस्मिताले पनि बिहान भखर भनिन आझ बिहे भनेर तर तिमीलाई पनि बोलाएको छ, येतिकै कहाँ तिमीलाई नराम्रो परेर लैजान्छु त "
त्यस पछि पनि मैले सस्मितासंग धेरै चोटी कुरा गरेको थिए फोनमा, उनले नै तिम्रो बुढीलाई लिएर आउन न भनेकी थिन, अझै बरु नम्बर देउ म आफै कल गर्छु भनेको थिन, मैले पर्दैन भनेर मात्रै हो !
खाजा खाने ठाउँमा रिसले होला केहि खान उनले मानिनन् अनि मैले फकाई फकाई जुस र एउटा चाउ-चाउ खुलाए ! उखु देखेर उखु खान्छु भनिन त्यो पनि खाइन, भखर-भखर लोव परेको केटा-केटी देखेर हो कि किन हो हामीलाई त्यो उखु पसले ठगेछ ! पछि पो हामी भन्दा पछाडी सिटमा बसेका बुढा-बुढीको कुराले थाहा भो ! बुढीले भन्दै थिन, "है बुढा येत्रो उखु २० मा लियौ सस्तै त हो नि ", "के को सस्तो नि तैले कमा अनि थाहा पाउछेस, २० रुपिया भनेको कति हो" बुढा झिझिदै भन्यो
"हजुरलाई त मैले किनेको जे पनि महँगो लाग्छ" बुढीले पनि रिसमा भनिन अनि दुवै अर्कै-अर्कै तिर फर्किदै बसे, उनीहरु चल्दा सिटको आवाजले थाहा पायौ !
उनि मलाई हेर्दै म उनीलाई हेर्दै मुसु-मुसु हस्यौ, बिहे कुराले रिसाएकी उनि भखर मात्रै हसिन ! मलाई नै सम्झेर हास्दै थिन होला, गाडी चड्ने बेला मैले उनलाई भनेको थिए हाईवयमा हिड्दा ख्याल गर्नु पर्छ है जुन सामान पनि महँगो भन्छन, बुझेर मात्रै किन्नु पर्छ ! त्यस्तो गुफ्फ़ दिने म आफै ठगिए ! मैले त्यो उखुलाई सस्तो मै दियो भन्दै ८० रुपैयामा किनेको थिए ! अगी पछाडीकी बुढीले २०मा किनेको भन्दा मैले आमिलो थुक्क निलेको थिए !
बाटोमा मैले ठाउँहरु चिनाउदै गए ! हामीले खाना रामनगरमा खायौ ! धेरै बाटोमा उनि निदाईन, मैले उनको टाउको मेरो काधमा राखेर उनको कपाल चलाउदै गफ्फ गर्दै गए !  बुटवल आउन लाग्दा मैले रागसलाई फोन गरे, बिहे आझै भएकोले उसको घरमा गएर फ्रेश भई कपडा लगाउनु थियो ! अंन्टीले पनि मलाई धेरै माया गर्नु हुन्थियो र अझै पनि गर्नु हुन्छ ! रागसको बहिनी पनि हुदा उनीलाई पनि कपडा लगाऊन सझिलो हुन्थियो त्यसैले मैले त्यहाँ जाने सोचेको थियो ! मन-मनमा धेरै डर थियो, उनको र मेरो बारेमा त्यहाँ कसैलाई थाहा भो भने मलाई घरबाट नै निकल्दिनु थियो होला ! अंन्टी र मेरो मुम्मी धेरै मिल्ने साथी हुनुन्थियो ! उहाहरुको सधै फोनमा कुरा हुन्थियो ! झुकेर पनि कसलाई थाहा भो भने म निकै समस्यामा पर्थे ! सायद यो मेरो जिन्दगीको ठुलो सहस मध्य एउटा थियो !
मैले उनलाई मज्जाले सम्झाएको थिए, धेरै नबोल्नु, कसले को हो भनेर सोध्यो भने सस्मिताको सानोको साथी हो, बिहेमा आउन मात्रै संगै आएको नत्र मलाई खासै चिन्दिन भन्न भनेको थियो ! रागसको घर पुगे पछि म नै बोल्थे, उनको परिचय मैले नै दिए ! उनलाई कसैले केहि सोधी हाल्यो भने म आफै जबाफ दिन्थे ! गफ्फई-गफ्फमा मैले उनको घरपनि बुटवल थियो भनेछु, साझ कपडा लगाउने बेला उनलाई रागसको बहिनीले सोधिछिन, अनि उनले आफ्नो घर फिल्म हलको नजिक हो भनेर भनिछन ! यति भन्दा पनि फेरि फिल्म हल देखि कता भनेर उनलाई सोधे पछि उनलाई के भन्नु के भन्नु भएछ ! उसलाई चुप लगाऊन उनले आफ्नो एउटा कानमा लगाउने झुम्का उसलाई दिनु पर्यो ! झुम्काले हाम्रो झुट लुकाएको थियो ! केटी मान्छेलाई झुम्का पाए पछि कुरा आउने त कुरै भएन !
बिहे घर त्यहाँ भन्दा ४-५ किलो-मिटर टाडा थियो ! रातिको बिहे भएकाले गाडी पाउन पनि मुस्किल थियो ! त्यसले बिबसलाई फोन लगाएर बोलाए ! बिबसले हामीलाई उसको बाईकमा बिहे घर त पुरै दियो तर अर्को ठुलो समस्यामा भने हालिदियो ! मलाई जुन कुराको डर थियो, त्यहि नै भयो ! धेरै पहिले उसले मलाई र उनलाई पाटन दरबारमा देखएको थियो ! मैले उनीलाई मेरो बुढी भनि उसलाई चिनाएको थिए ! हामीलाई पुराएर आए पछि उसले सबै कुरा रागसलाई सुनाए छ अनि अर्को दिन रागसले घरको सबैलाई ! मलाई झन्डै १ घण्टा लग्यो होला सबैलाई सम्झाउन ! अन्तमा हामीले एक-अर्कालाई खासै चिन्दैनौ भनेर मैले सबैलाई झुटो विश्वास दिलाए !
बिहे घर पुग्ने बितिकै आलोकले मलाई ऊ को हो भनेर सोध्यो, मैले "साथी" भनेर भनेको थियो ! खाएको सुरमा उसले "बहिनी" भनेर सुनेछ ! त्यसले पनि ठुलो काण्ड परेको थियो त्यसको चर्चा पछि गरुला ! बिहे घर त पुगियो तर चिनेको सबै खाएर टिल थिए अर्को टिल नभएको चिनेको मान्छे भनेको दुलई मात्रै थिइन् ! दुलईलाई मंडवमा डिस्टब गर्न जाने कुरा भएन, त्यसैले मैले उनिसंग कुरा गर्न लागे !
"आझ तिमी साचै निकै राम्रो देखेको छौ ! I became fan of yours " मैले भने
"किन अरु बेला नराम्रो देखिन्छु र? हजुरलाई पनि निकै राम्रो देखेको छ" भन्दै मेरो टाई मिलाई दिईन
"होइन अरु बेला पनि राम्रो देखिन्छौ तर आझ अलिक बढी" मैले हास्दै भने !
 साचै आझ उनी निकै राम्री देखेको थिए ! उनले भन्टा रंग बुट्टादार कुर्ता लगाएकी थिन ! त्यस माथि कालो सल ओडेकी थिन ! साचैको रानी जस्तै देखिकी थिन ! फुलबारीमा फुलेको सबै भन्दा राम्रो फुल जस्तै देखेकी थिन मेरी कान्छु आझ !
"गिफ्ट दिनु पर्दैन?" उनले मलाई सम्झाईन
कुरै कुरामा मैले त बिर्सेछु ! मंडव नजिकै गिफ्ट दिने टेबुल थियो ! हामी त्यतै लाग्यौ, "हजुरको नाम" टेबलमा बसेको जुगावाला दाईले सोध्नु भो,
"सागर ज्ञवाली" मैले यति मात्रै भने
"के छ यसमा?" टेबलबाट प्रश्न आयो
"किताब" मात्रै के बोलेको थिए दाईले दुख गरेको लगाएको गिफ्ट रप्पिंग पेपर च्यातेर लेख्नु भो, "सागर ज्ञवाली - किताब - जीवन कडा कि फुल"

घरबाट कलंकी जानु आगाडी घर नजिकको किताब पसलमा पसेर त्यो किताब किनेको थिए ! धेरै हिडेर भेटेको गिफ्ट पसलमा रप्पिंग गर्न लगाएको थिए ! उनि मलाई हेर्दै केहि सोध्न खोज्दै थिन मैले कुरा बुझिहाले "हाम्रो तिर गिफ्ट के लिएर आयो भनेर हेरेर लेख्ने चलन छ, त्यस्तो गर्दा गिफ्टमा आएको पैसा-समान हराऊदैन नि"

To be continue...

Saturday, January 10, 2015

What is Love?

प्रेम के हो?
परिभाषा कसलाई सोधु?
Is this same that happen with Romeo and Juliet?
Is this same that happen with Shah Jahan and Mumtaj?
Do i need to die
Or see her dying to know the love
To share same feeling of Romeo and Juliet
Is that love
that cause the Goosebumps
With her finger tips
That hadn't come when naked slut pass me through
Is this same that Fhateman said
मर्न बरु गारो हुन्न, उनको माया मर्न सकिन
Or it’s the way Shankara said
Love is माया  and माया is illusion
Or it’s the one that noone could define yet
Who knows everyone waiting for me to define
Me, defining love, hahaha
Who never believe on it
Who never believe finding self in someone else
Let the love be mystery
Let it be undefined
Let it be self
Let be the orphan
Let's no one claim it
So everyone can hold it
Let it be self
Let it be undefined. 

Monday, January 5, 2015

Not Mine

I would kiss you in your forehead
and if possible
On your pretty lips
I would explore your lovely body
with my finger tips

But that would be wrong
I would,
Be crossing a line
for despite all my wishes
You are not mine.