Sunday, September 15, 2013

मोडेल, प्याज, पेट्रोल र फेसबुक

"फेसबुकमा त जो पनि राम्री हुन्छन नि, अरुको कुरा किन गर्नु पर्यो, तेरो प्रोफाइल पिक्चर हेर्न न, जोनिलिबर जस्तो तेरो मुख, त्यहाँ कस्तो राम्रो देखएको छस्"  खितिति हास्दै सुरेनले भन्यो !
मैले झर्किदै भने, "साला, आफ्नो मुख हेरेको छस्, कुकुरले मुते जस्तो छ, अरुलाई भन्छ" मैले जोड्दै भने, "अलिक गोरो, हल्का भुडी र निदारमा ताग नभएको भए, तेरो दाई आझ हलिउडमा हुन्थियो ! जसलाई पनि आफु जस्तो सोच्छ यार! हुने त दोष तेरो होइन, जति बुद्धि छ त्यति नै बोल्ने त हो !"
अघि देखि चिलाएको नाक भित्र चोरी औलाले कोटाएर रौ सहितको सिगान निकाली, बुढी र चोरि औलाले डल्लो बनाएर उ तिर फाल्दै भने, " लाऊ खा, तैले जे भने पनि, केटी चाही त्यो खतरा नै हो के, फिगर हेर्न कस्तो बबाल छ !" अस्तिनै  फेसबुकबाट इ-फोनमा इस्क्रिन शर्ट लिएको फोटो देखाउदै भने, "मोडेल नै होला के यो केटी"
"ह्या कति एउटै कुरा गर्रा, आझकल त जस्ता तोर्पे केटी पनि मोडेल भाछ्न् नि, भए-नभए पनि फेसबुकमा वर्किङ्ग एज मोडेल लेख्थे भो नि कसलाई के त, मागेको DSLR ले एक-दुई फोटो लियो अनि इडिट गरी राख्दिए पछि, त जस्ता बोकालाई गुफ्फ़ दिन पुगी हाल्यो नि" पसले तिर हेर्दै भन्यो "दाई २ ओटा दुधको चिया"
एकछिनमा चिया पनि आयो, पसले पनि हाम्रो कुरा सुनेर मुसु-मुसु हास्दै थियो ! मैले सोधे, "दाई चना छ?"
"चना-समोसा-चिया बेच्ने ठाउँमा चना नभएर मोडेल हुन्छन त" मलाई जिस्कौदै भन्यो !
"मोडेल भएको भए त घर नै यहि हुन्थियो नि हाम्रो, सन्चै दाई तो कपडा पसलकी मैया चाही कहाँ गइन् ह" मैले चनाको पिलेट समात्दै भने !
"कहाँ हुनु नि, पसलको शाहुको छोराले बितेछ नि, देउसी सटर लगाएर बस्थे" दाईले हास्दै भने
"लाऊ हेर त सुरेन तेरो बुढीलाई त भएछ नि तेसैले त" मैले थपे !
"तेरो बुढी होला नि, बोका तै नै छस्" दाईतिर चनाको पिलेट देखाउदै सुरेनले भन्यो, "खोइ त थोरै प्याज काटेर रख्दिनु त"
"ह्या भाई पनि १० रुपियाको चनामा २० रुपियाको प्याज राख्ने हो क्या" दाईले दिक्क मान्दै भने "हेर भाई पहिले प्याज काट्दा आसु आऊथियो, अहिले किन्दा आउछ ! ११० रुपिया किलो भाको छ !"
"होर, खोइ त फेसबुकमा खाई कहिँ अपडेट आएको छैन त त्यस्तो, पेट्रोलमा ३ रुपिया बढ्दा त वाल नै भरिने गरी लेख्ने केटाहरुले, २०को प्याज ११० हुदा सम्म कहिँ छैन त" मैले छक्क पर्दै भने !
"त मुला कुरै बुझ्दैनस, तिनीहरुले कहाँ पेट्रोल बढेको दुखले इस्टाटस लेखेका हुन त, बाइक छ भनेर सुनाएको हुन् नि, अब प्याज मेरो घरमा भनेर सुनाउने कुरा भएन त्यसैले लेखेनन् नि" सुरेनले चियामा लगएको तर गिलासको टुप्पो माथि राख्दै भन्यो !

Friday, September 13, 2013

राज ३

In the search of her happiness
त्यो दिन भेट्ने कुरा हाम्रो पहिले नै तहे भईसकेको थियो | उनको अफिसको पहिलो दिन थियो आझ, अफिसमा सानो इस्कट लगाउने पर्ने भएकाले घर पुगेर कपडा फेरी छिटै आउछु भनेकी थिन् ! मेरो अफिस र उनको माइक्रो इस्ट्प दुवै टुरिजम बोड नजिक थियो ! त्यसैले त्यहि भेट्ने निधो गरेका थियौ ! 
यो हाम्रो दोस्रो भेट थियो, त्यो भन्दा पहिले मैले उनलाई हिजो भेटेको थियो ! उनी आफ्नी बहिनीसंग आएकी थिन ! बहिनीले हामीलाई बीचमा छोडेर गएर मलाई निकै ठुलो गुण लगाएकी थिन् !  भद्रकालीको आकासे पुलमा उनले मलाई दाई भनि सम्बोधन गरिन् ! त्यो भन्दा पहिले हजुर-हजुर भन्दै कुरा गरेकी थिन् ! उनको मुखबाट मलाई दाई भने शब्द सुन्ने बितिकै मेरो हात उनी माथि उठ्यो अनि आफैलाई आत्माग्लानी भो, मन-मनै आफैलाई थुके, उनी मलाई हेरिरहिन ! पहिलो भेटमा नै केटी माथि हात उठाउने कस्तो लाज पचेको पुरुष रहिछ भनेर सोच्दै थिन होला ! मैले आफ्नो गालामा १-२ थप्पड आफै हने अनि कान रातो नहुन्जेल समातेर बाटो भरि SORRY भन्दै हिडे ! बाटोको सबै मान्छेले हामीलाई हरे पछि, उनले मेरो हात तानिन् ! एक्कासी मेरो मनमा किन कोरोधको जावला फुटेको थियो उनले दाई भन्दा मलाई नै थाहा छैन ! घर पुगेपछि उनले मलाई मय्सेज पठाईन्, "बहिनीलाई हजुर राम्रो लग्यो रे", सायद बहिनीलाई दिदीको गाला तातेको थाहा रहिन्छ क्यारे !  मैले पनि पठाए "बहिनीलाई थान्क येउ भनिदेउ, मेरो तर्फ़बाट उनलाई डेरी-मिल्क" तर त्यस पछि भने मेरो ति बहिनीसंग कहिले पनि भेट भएन,  डेरी-मिल्कको आझसम्म पनि ऋणी छु ! बहिनीलाई राम्रो लाग्नुमा मलाई कहिँ उत्साह थिएन, दिदीलाई राम्रो लग्यो कि लागेन भने मात्रै मेरो इच्छाको बिषय थियो ! उनले पनि भनिनन्, मैले पनि सोध्ने आट गरिन ! 
उनी कहिँ बेरमा नै त्यहाँ आइपुगिन अनि मुसुक्क हासेर 'हाई'  भन्दै नजिक आईन् ! हामी त्यहाँबाट हिड्यौ, मैले बीचमा नै सोधे, "कहाँ जाने त?" मलाई पहिले देखि नै रेस्टुरेन्टमा बसेर प्रेम पोखेको मन पर्दैन थियो, त्यसैले सुरुमा आफैले भने रेस्टुरेन्टमा पनि के जानु ! अस्तिनै उनले त्रि-चन्द्र कलेज घुम्ने फोनमा इच्छा देखाएकी थिन्, त्यसैले मन-मनै उनलाई त्रि-चन्द्र कलेज घुमाउनु पर्ला भनेर सोचेको थिए ! उनको कहिँ प्रतिक्रिया नआए पछि मैले फेरी सोधे, "घरमा के भनेर आयौ नि?",
"साथी सँग फिल्म हेर्न जान्छु भनेर हिंडेकी थिए" ! उनले भनिन् 
मैले फेरी थपे, "त्यसो भए घरमा late night बहिर बस्नु दिनुहुन्छ !"  
"होइन गाली गर्नु हुन्छ, अहिले डाडी घर नभएर मात्रै हो" उन्ले उत्तर दिन् 
मैले फेरी सोधे, "डाडी कहाँ हुनुहुन्छ त?"
"दुबाई" उनले यति मात्रै भनिन् ! पछि पो थाहा भो उनका बा अफघानिस्तानको घरका चुलोमा रोटी सक्दा रहेछन ! घरमा कसैले बा कहाँ छन् भनि सोध्यो भने दुबाई भन्नु भनेर उनलाई पाठ पढाएका रहिछन् !
मैले उस्किदै सोधे, "त्यसो भए घर ढिलो जादा पनि हुन्छ?"
उनले एक शब्द मात्रै बोलिन्, "ठिकै"
यसो मोबाइल निकालेर समय हेरे, ५:५० भएको रहिछ ! हामी रत्न पार्कको आकासे पुलमा हिडिरहेका थियौ, मैले भने, "१० मिनट बाकी रहिछ, evening show सुरु हुन जय नेपाल जाऊ न त" 
हामीले हतार-हतार गर्दै आखाले मुस्कान साट्दै हल पुग्यौ ! बूकिंग गरेको मान्छे नआउने भएपछि लास्टको २ सिट हामीले पायौ ! म निकै हर्षित भए, लास्टको सिट पाएर होइन उनको इच्छा पूरा गर्नु पाउदा ! धेरै पहिले उनले फस्बुकको च्याट भनेकी थिन, "मलाई राती लास्ट सिटमा बसेर फिल्म हेर्न क्या इच्छा छ" 
आझ जानी-नजानी उनको इच्छा पूरा भएको थियो तर उनलाई भने त्यसको अत्तो-पत्तो नै थिएन ! मलाई पनि थाहा दिन्न मन लागेन ! फिल्मको नाम "राज ३", सुन्दै कस्तो लाग्ने, के-कन राजै-राजले भरिए जस्तो !
फिल्ममा राज थियो थिएन मलाई अत्तो-पत्तो नै भएन, मेरो आखा उनको मुस्कानको राज खोज्नै बेस्त थियो ! मानौ उनको मुखलाई मेरो आखाको प्रोजेक्टरले इस्क्रिन बनाएको थियो !

Thursday, September 12, 2013

फुटेको चस्मा

Collection of फुटेको चस्मा of mine from past 5 years (2008-2013)
दिन भरि बिरामी भई ढलेको मुढो जस्तै निर्जीव भएर सुतिरह्दा पनि उनको एक चोटी पनि कल-माय्सेज कहिँ  आएन | मलाई रिस उठ्नु त शोभाभिक नै थियो | सिरानी छेउको मोबाईल टिपी पनि मैले निरासा पोक्दै माय्सेज गरे "तिमीले मेरो साचो-बिसन्चोको ख्याल नगरे पनि म भने सधै गरिनै रहन्छु, राम्रो संग पढ है " ! 
यस्तो विधुतिय प्रेम-पत्र पठाए पछि, माफी सहित मायाले भरीपूर्ण माय्सेज रिप्लाईमा आउला भनि सोच्नु मेरो गल्ती थिएन | मैले सोचे जस्तै गरी केहि छेडमा रिप्लाई पनि आयो | पहिलो दुई शब्दमा नै माफी र माया दुवै पोखिएको थियो | सारै खुशी र मनमा उनको मायाको घुर्की लगाउदै आगाडी पढ्न लागे | सबै पढी सके पछि आगाडी किन पढेछु पनि आफ्नो माथि नै घिर्ड़ा लग्न लग्यो ! मनमा नै दुखेर आयो, पहिलो दुई शब्दमा नै माफी र माया एकै चोटी पाएर बाघ जस्तो फुलेको मेरो मन एक्कासी पानीमा रुझेको मुसा जस्तो हुन पुग्यो |  फरक यति मात्र थियो कि त्यहाँ आगाडी माया भन्दा बढी कोरोध थियो | उनले लेखेकी थिन, "सरी, लब येउ ! तैले अरु ज सोचे पनि सोच, मलाई मतलब छैन, जति माया गरे पनि नदेख्ने निस्टुरी पुरुष जात" | उनले सारै पुरुष जतिलै नै गाली गरेकी थिन, तर मनमा भने मलाई अझै पनि विश्वास लागेको थिएन | बिरामी भएर तितो गोली खाएको बेला त उनले यस्तो भन्नु नपर्ने, आफ्नो आखालाई नै दोषी ठहराए अनि छेउमा भएको चस्मा खोज्न लागे | चस्मा के समातेको मात्रै थिए, आमाले सिसाको ठुलो गिलासमा दुध लिएर ढोका खोलेको धाय्म र चस्माको फ्रेम फुटेको पिट दुवै आवाज मेरो कानमा गुञ्जियो | आमाले लाऊ बाबु दुध खाऊ भनेको शब्द मुखबाट बाहिर के निस्कियो थियो, आमाले झिझिदै  भनिन, कस्तो हुस्सु हुनसकेको बाबु त अस्ति भखर तेत्रो पैसा खर्च गरेर बनेको चस्मा दुई दिन हुन नपाउदै फुटालिस् है | साचो कुरो चाही त्यो चस्मा मेरी पहिलेकी प्रेमिकाले बनाई दिएकी थिन, आझ सम्मकै सबै भन्दा बलियो चस्मा हुन पुग्यो त्यो मेरो | उनले मलाई छोडे पछि उनको चिनो भएर बसेको थियो त्यो चस्मा मलाई | उनले छोडेर पनि अर्की संग एक वर्ष बिताई सकेको थिए मैले, निकै बिलियो रहेछ उनले माया बनाई दिएको त्यो चस्मा |  आमाले त्यस माथि कुरा थप्दै भनिन, भोलि बिहान कलेज पढाउनु जानु छ कसरी पढाउछस | तलाई मैले भनेको होइन सधै एउटा extra चस्मा बना भनेर हेर भोलिको कलेज छ, चस्मा नलाई कहिँ देखदैन यसले | आमा रिसाउनु सामान्य नै थियो सधै दुई ओटा चस्मा बनाउछु भनेर एउटाको पैसा अरुनै के-के गरि सिधाउथे |