Sunday, January 3, 2016

2.9 Version II: हाम्रो पहिलो भेट

कस्ती केटी रहिछे आफ्नो exam कहिले भनेर थाहा पनि नहुने, मनमा यस्तै कुरा खेलिरहेको थियो ! Exam छ पढ्नु पर्छ, भेट्न मिल्दैन भनेले त Exam कहिले छ सेन्टर कहाँ छ पनि थाहा पाउनु पर्ने नि ! कहिले आफ्नै कलेज रे कहिले पद्मकन्या कलेज ! भेट्नु मन नभएर पो यसो भनि कि भने पनि लागेको थियो, मनै त हो के-के सोच्छ सोच्छ ! Exam सेन्टरसम्म म छोदिन्छु भनि अफिस बिदा लिएको थिए ! नया अफिसमा यो मेरो पहिले बिदा थियो, त्यहि पनि Exam सेन्टर छोड्दिन !

'ओहो, फोन खुब बिजी छ त, यनिवय्स, कजेल गए पछि थाहा हुन्छ कहाँ हो सेन्टर भनेर"  अगष्ट २ को बिहानी उनको यस्तो मस्सेज आयो !

म सुमितसंग फोनमा गुफ्फ़ गर्दै थिए, "डाक्टर सब, मलाई एउटा हेल्प जसरी पनि गर्नु पर्यो !"
"भन न के गर्नु पर्यो?" सुमितले सोध्न मात्रै के लागेको थियो मैले भनि हाले "हेल्प गर्ने भए मात्रै भन्छु !"
सुमित: "पहिले भन त सहि"
"गर्ने भए मात्रै भन्छु नत्र भन्दिन" मैले जिद्दी गरे
"मुला, अस्तिनै जस्तो जब नै जाने त होइन नि" सुमितले हास्दै सोध्यो !

धेरै पहिले मैले गर्दा उसको जब गएको थिए, त्यस्तै २०१२ को कुरा होला, मैले नेपालमै पहिले पटक कप्प्रेट फुट्सल माय्च गरेको थिए ! MCA कजेलका टिचरले पनि भाग लिएका थिए ! टिचरलाई चियर गर्न बिधार्थी पनि आएका थिए ! भिड धेरै भएर बस्ने ठाउँ कतै पनि थिएन ! गारो-गारो गरि सबै बसेका थिए तर मेरो आखा ति एउटीमा गयो ! कलेजी  सुइटरमा, यता-उताबाट धकालिदै उनि उभिएकी थिन !

"सुन्नुस त एक जनालाई भित्र ठाउँ छ !" मैले उनको कुममा हातले कोटाऊदै भने उनिले मलाई तलबाट माथि सम्म हेरिन, उनको आखाले मेरो घाटीमा झुन्डिएको कार्ड पढ्दै गरेको मैले भेउ पाइसकेको थिए !
मैले फेरि थपे, "इ यम दि इभेन्ट मनेजर, भित्र भी.ई.पी एरियामा बस्ने ठाउँ छ" मैले भी.ई.पी एरियामा देखाउदै भने
भित्र गएर "थान्क येउ" भन्दै उनि कुर्चीमा बासिन, अनि उनको साथी उनको काखमा ! हामीले कुरै कुरामा फोन नम्बर पनि साटेका थियौ !
एकदिन रति फोन उनले भनेकी थिन "हेर्नुस न पर्सि Exam छ मैले केहि पढेको छैन, सिओर फेल, कोहि डाक्टर छैन बिरामी भएको नक्कली सटिफ़िकेत बनाउन"
"मेरो धेरै साथी छन् डाक्टर म बनाईदिउला नि" मैले सान दिदै भनेको थिए त्यहि सटिफ़िकेतले गर्दा सुमितको जागिर गएको थियो, अझ त्यो कुरा फेरि ताजा भो !

"त्यस्तै त्यस्तै हो" मैले हास्दै भने
"फेरि कुन केटीलाई भेट्यौ?" मलाई जे लागेको थियो उसले थिए सोध्यो
"ह्या मुला केटीलाई होइन मलाई नै हो" मैले झर्किदै भने
"लाऊ तिमीलाई चाही के भयो नि " उसले सोध्यो

"के हुनु नि एउटा केटीलाई भेटु भनेर बिदा बसेको, बिहान बिहान हकिम्नीको फोन आयो ! सुतिरा रहिछ अझै भनेर थाहा नपोस भनेर चर्को सोरमा कुरा गरे त्यहि माथि मोरीले सन्चै भनेर सोधी मैले निद्रकाको झोकमा सबै ठिक-ठाक भन्दिहाले, टेन्सन भो नि यार"

सुमितले हास्दै  "अनि के भो त?" भनेर सोध्यो

"के हुनु नि यार हाई-लेवल बिज्नेस मिटिंग छ आझ जसरी पनि हजुर आउनु पर्यो भनि, मेरो पालो मेडम मलाई गारो भो भनि फोन राखे अनि एकछिनमा सन्चो भएन भनेर मस्सेज गर्दे नि ! भोलि केहि भनि भने इमर्जेन्सीको फाइल देखाउनु पर्छ यार नत्र बल्ल बल्ल पाएको जजिर खत्तम" मैले निरस हुदै भने
"ल ल म बनाइ दिउला" सुमितले हास्दै फोन राख्यो

त्यस्तो गारो गरि मिलाएको बिदाको कुनै अर्थ नै भएन, उनको मस्सेजमा लेखेकी थिन "शिलासंग कजेल जादै छु" ! झन् उसलाई कजेल छोड्ने बाहानामा भेटूला भन्या त साथी संग कजेल गए रे ! मैले पनि झोकिदै मस्सेज पठाए "शिला-लिलासंग हो कि bf संग हो मलाई के थाहा" एकछिन त उसको बोइ-फेरेंड छ कि जस्तो पनि लग्यो !
"ह्य विश्वास लाग्दैन भने पद्मकन्या कलेज आए हुन्छ" उनको मस्सेजसंग रिसाएको इस्माईली पनि आएको थियो

"फोन आएको-आई छ, तलाई निद्रा पनि कस्तो लागेको बाबु" ममी झिझिदै भन्नु भो
१६ ओटा मिसकल र २ ओटा मस्सेज आएको रहिछ, उनलाई Exam सेन्टर छोड्न नपाए पछि म रिसमा सुतेको थिए ११:४६ भैसकेको रहिछ !
"थान्क येउ फोर नोविंग मि" २.९ को अन्तिम मस्सेजमा त्यहि थियो
मैले हत्त-पत्त फोन लगाई हने, मेरो फोन उनले २ रिङ्गमै काटिदिन ! मैले फेरि फोन लगाए, यसपाली भने पुरा रिङ्ग फोन गयो तर फोन नै उठेन !

"सोरी, इ वास सिलिपिंग" भनेर मस्सेज गरे अनि फोन गर्दा यसपाली भने अर्कै महिलाबाट उनको फोन स्वित्च अफ भएको जानकारी आयो !
मस्सेज पनि डेलिबर भएको रहिन्छ ! केहि बेर उनलाई फोन गरि राखे तर फोन स्वित्च अफ नै थियो ! Exam सकिए पछि सायद उनले मलाई भेट्न फोन गरेको थिन होला ! उनको Exam सकियो नि झन्डै ४५ मिनेट भइसकेको थियो !

स्वित्च अफ भएको फोनमा जति फोन गरे पनि उनले थाहा हुने होइन बरु Viber मा गर्यो भने त पछि मेरो मेहनत नोटिफ़िकेसनमा झल्किन्छ भनेर त्यहाँबाट फोन गरे ! उनि अन्लाईन नभए पछि, किन फुल रिङ्ग दिनु पर्यो र, मेरो एक रिङ्गको एउटा कल हुन्थियो ! मिसकल धेरै देखाउन एकै रिङ्गमा फोन काट्थे अनि फेरि गर्थे !

"फोन कति चलाएको बाबु, खाना खाने बेला त एकछिन छोड्न" मैले खाना खादै उनलाई कल गरेको देखेर ममी कराउदै हुनुन्थियो !
त्यस्तै १ घण्टामा  मैले उनको Viberमा १४३ चोटी मिसकल गरेको थियो ! बुझे बुझ्छे नबुझे अझै एक चोटी भेट भाको छैन के भो र भनेर मैले १४३ नै जानी-जानी पुराएको थिए !

२ बजे उनलाई फोनमै फोन गरे ! यसपाली भनि फोन लग्यो ! धेरै बेरमा उनले "हेल्लो" आयो
"के छ?" यसरी कुरा सुरु गरे
"ठिकै", उनले मलाई केहि नसोधे पछि मैले आफै सोधे "काहाँ छौ?"
"कहाँ हुनु नि घरमा" उनले ठाडो पाराले उत्तर दिईन
"सोरी है, म त निदाएछु" मैले नम्र भएर भने
"ह्य मलाई यो कुरा गर्नु छैन" भन्दै उनि झर्किन
म - "तिमीले त हो नि, मसंग जान्छु भनेर शिलासंग गएको, मलाई रिसउठ्यो अनि सुतिदिए नि ! तिम्रो फोन आएको कस्सम थाहा भएन"
उनि - "यो कुरा गर्ने भए म फोन रख्दिन्छु है"
"हामीलाई पनि आउछ फोन राख्न, धेरै नाटक गर्नु पर्दैन" मैले रिसाऊदै फोन राखे

केहि बेरमा उनले नै फोन गरिन, "किन फोन राख्य नि?"
"येतिकै" मैले भने
"झन् Exam पछि भेट्छु भनेर कति फोन गरे, सेन्टर आगाडी कति कुरे, आफुले फोन उठाउनु छैन, उल्टै हजुरलाई नै रिसउठ्छ है" - उनी दिक्क मान्दै भनिन
म: "कसम मैले थाहा नपाएर हो के, ल अहिले आउनु न त म झन् तिमीलाई भेट्न भनि बिदा लिएको"
उनी: "Exam को बेला जति बेला पनि निस्किन दिनु हुन्छ क्या"
म: "एकछिन १-२ घण्टालाई त हो नि साथीकोमा नोट लिन जान्छु भनेर आउ न "
उनी: "ह्या दाई यहि हुनुहुन्छ, मलाई उहा देख्ने बितिकै त डर लाग्छ कसरी झूट बोलेर आउनु"
"भेट्न मन छैन भन न बरु" म झर्किए
"भेट्न मन हुनेले तेत्रो फोन मस्सेज गर्छन" उनी पनि झर्किन
"मलाई अरु कुरा थाहा छैन, तेसो भए ३ बजे जसरी पनि रातो भाले आगाडी आउनु" उनले केहि भन खोज्दै थिन मैले फोन राखिदिए !

गुलाबी रंगको सर्ट भित्र I'm Adorable लेखेको टि-सर्ट लगाएकी थिन,  २-४ वर्ष पुरानो भएर होला फुल पाईट भने क्वाटर भएको थियो ! पहिलो चोटी भेट्न आउदा त अलिक बन-ठन गरेर आउनु नि भनेर मन-मनै सोच्दै थिए, उनले कराइन "छिटो जाऊ घरबाट  दाई निस्किने बेला भएको छ"
मेरो बाईक फेरि स्टार्ट नै भएको थिएन
"३ बजे भनेको १५ मिनेट ढिलो आउनु छ उसलाईनै हतार छ, ल भन कहाँ जाने" बाईकमा किक्क हान्दै भने
"मलाई थाहा छैन, जहाँ गए पनि हुन्छ" उनले भनिन
भक्तपुर लैजानु पर्ला भनेर सोच्दै थिए, "ह्या पानी पर्यो" भनेर उनी कराएर म झसङ्ग भए !
त्यहि बबरमहलमा नपरेको पानी बानेश्वोर आउदा निकै दन्कियो ! बानेश्वोर जममा ओर्लेर कतै जाने ठाउँ पनि थिएन, उनी मसंग पानी परेकोमा रिसाउदै थिन ! जाममा भएकाले आफुले लगाएको कालो लेदरको जय्केट दिदै थिए उनी फेरि कराईन, "ह्या के गर्या, ला मेरो कलेजको केटिले देखि" ! जाम जसको कजेलको केटी पनि रहिछे !

मलाई पनि निकै रिस उठेर आयो ! भक्तपुर घुमाउला भनेर सोचेको मान्छे, जाम खुल्ने बितिकै बाइक घुमाएर अलिनाज बकरी तिर हुइकाए ! बाइक मात्र के रोकेको थिए, उनले फेरि मेरो सर्ट तानेर कराइन !
यस्तो पानीको मुस्लोमा उनका बाउले सिसाको भित्र ठुलो मुख परेर केक खादै गरेको उनले देखिछिन ! उनका बाउ त्यहि छेउको बैंकमा काम गर्थे क्या रे, रिसको झोकमा मैले बिर्सेछु !

उनले घर जाने जिग्दी गरे पछि, हामी फेरि भिज्दै बबरमहल तिर लाग्यौ ! बिजुली बजारको पुल काट्दा त्यहाँ भने घाम लागेको थियो ! उनी बाइकबाट ओलेर झर्किदै भनिन "आझ जस्तो दिन त कहिले भएको थिएन, बेकार आएछु" !

मलाई पनि निकै रिसउठ्यो अनि म पनि जादा जादै राम्रै भनेर हिडे "तिम्रा बा-लाई यो उमेर मैले केक खानु भन्या थिए र, अनि साउनमा नपरेको पानी कहिले पर्छ त, तिम्रै कलेजका केटीहरुलाई भेट्नु अब देखि, मलाई भेट्नु पर्दैन !" 

मेरो आधा कुरामा नै हाम्रो पहिलो भेटलाई अन्ते दिदै उनी हिडिसकेकिथिन !