Wednesday, December 15, 2010

ड्रग्स लिएको कुरा बच्चाको खेल जस्तो होइन

ड्रग्स लिएको कुरा बच्चाको खेल जस्तो होइन
-बसन्तराज कुँवर

आज विहानै नेपालको पाटन शहरबाट मलाई कुनै व्यक्तिले फोन गर्नु भयो र भन्नु भयो ‘बसन्त सर मेरो छोराले अलि अलि ड्रग्स खाएको जस्तो छ’ । वहाँको वाक्य पुरा नहुँदै मैले विचैमा प्रश्न गरें, “अलि अलि भनेको के हो ?”वहाँ मेरो प्रश्नले थोरै अकमकिनु भयो र भन्नु भयो, “मेरो भन्नुको मतलब उ अरु जस्तो ड्रग्स एडिक्ट होइन”, मैले फेरी प्रश्न गरें, “अरु जस्तो भनेको कस्तो हो ? तपाईले कति ड्रग्स खानेहरु माथि अध्ययन गर्नु भएको छ ?” वहाँ फेरी अकमकाउनु भयो र भन्नु भयो, “मेरो छोराले गाँजा, व्राउन सुगर खाँदैन खाली टैवलेट मात्र खान्छ” यस पछि पनि मलाई वहाँको कुरामा थुप्रै प्रश्नहरु गर्नु पर्ने थियो तर मैले गरिन र वहाँलाई संझाउन थालें कि पहिला आमावावुले ड्रग्स सेवन गर्ने वच्चाको सम्बन्धमा आफै धारणा बनाउनु हुँदैन बल्की त्यस्तो धारणा बनाउने काम विशेषज्ञलाई छोडी दिनु पर्दछ ।” आफै विशेषज्ञ बन्न खोज्दा ठूलो आर्थिक क्षति हुने मात्र होइन त्यस्तै परे दुव्र्यसनमा परेका छोरा वा छोरीको ज्यान पनि जान सक्छ ।
जुन अभिभावकले मलाई पाटनबाट फोन गरी रहनु भएको थियो वहाँलाई ड्रग्सको सेवन अलि अलि र धेरै हुन्छ भन्ने भ्रम थियो । हामीले के बुझ्नु पर्दछ भने चोरी कार्य अलि अलि र धेरै भयो भन्दैमा चोरको स्तर फरक हुँदैन । कुनै केटी वा केटाले कसैलाई बालत्कार ग¥यो भने अलि अलि वा धेरै हुन सक्दैन । मूख्य कुरा भनेको चोरी भएको छ वा छैन ? त्यस्तै वालत्कार भएको छ वा छैन ? भन्ने महत्वपूर्ण कुरो हो । चोरी गर्छ वा वलत्कार गर्छ भने त्यस्को पटकको आधारमा उ माथिको विश्वास तल माथि हुन सक्तैन । उदाहरणको लागि कुनै घरमा नोकर बस्न आएको व्यक्तिले मैले ३ पटक मात्र चोरी गरेको छु भन्यो भने त्यो घर मालिकले ए यस्ले त सय पटक त चोरी गरेको रहेनछनी भनेर उ माथि विश्वास गर्न सक्तैन । त्यसैगरी अर्को कुरो के हुन्छ भने चाहे सियो चोरेको होस्, सुनको सिक्री चोरेको होस् वा लैपटप चोरेको होस् कुरो के चो¥यो भन्ने भन्दा पनि उसको चोरी गर्ने वानि रहेछ भन्ने कुरा महत्वपूर्ण हुन्छ । कुनै नोकार हुन चाहने व्यक्तिले यदि कुनै घरपेटीलाई मैले खाली चम्चा मात्र चोरी गरेको हुँ तर सुनको सिक्री चाँही चोरेको हैन भन्यो भने त्यो घरपेटीले त्यस अवस्थामा पनि पक्कै उसलाई जागीरमा राख्न आँट गर्ने छैन र भन्ने छ यो चोर रहेछ चाहे जे सुकै चोरेको किन नहोस् । यस व्यक्तिको चोर्ने बानी रहेछ ।
लागु औषध लिनेको हकमा पनि यस्तै हुन्छ । पहिला कुरा हामीले के थाहा पाउनु पर्दछ भने यस व्यक्तिले लागु औषध लिन्छ वा लिँदैन ? कि लिन्छ कि लिदैन ? यस मध्य के हो ? त्यो कुराको एकिन गर्नु पर्दछ । यदि उसले लटठ्याउने पदार्थ जस्तै रक्सी, वियर, वाइन, हिरोइन, व्राउनसुगर, निन्द्रा लाग्ने औषधी, डिप्रेसनको औषधी, पेनकिलर, कोकिन, क्र्याक्स, सुवुटेक्स, मेथाडोन, सुँघेर लट्ठीने डेनड्राइट जस्ता कुराहरु मुखवाट, नाकवाट वा रगतवाट लिई रहेको छ भने हामीले बुझ्नु पर्दछ उसले लागु औषध लिइ रहेको छ ।
अव दोश्रो कुरा हामीले के बुझ्नु पर्दछ भने त्यो व्यक्तिले त्यस्ता लागु पदार्थ सेवन कुनै चिकित्सकको सिफारिसमा गरी रहेको छ कि आफुखुसी सेवन गरी रहेको छ ? यदि आफुखुशी सेवन गरी रहेको छ भने हामीले बुझ्नु पर्दछ त्यस व्यक्तिले लागु पदार्थको दुरुपयोग गरी रहेको छ ।
अब तेश्रो कुरा हामीले के बुझ्नु पर्दछ भने त्यस व्यक्तिले लिएको लागु पदार्थ त्यस व्यक्तिले छोड्न चाहेमा वा अरुले छोड भनेमा त्याग्न सक्छ कि सक्क्तैन ? उदाहरणको लागि कुनै व्यक्तिले रक्सी सेवन गरी रहेको छ र उसले म खब देखि रक्सी सेवन गर्दिन भनी त्याग्न खोजेमा त्याग्न सक्छ कि सक्तैन ? त्यस्तै कसैले व्राउन सुगर लिइरहेको छ भने अब देखि लिन्न भनेपछि त्यो वस्तुको सेवन रोक्न सक्छ कि सक्दैन ? यदि सक्छ भने हामीले बुझ्नु प¥यो त्यस लागु औषध माथि त्यस व्यक्तिको नियन्त्रण रहेछ र यदि सकेन भने हामीले बुझ्नु प¥यो त्यस लागु औषध माथि अव देखि त्यस व्यक्तिको नियन्त्रण गुमेछ । यो स्थिति दुव्र्यसनका दृष्टिकोणले खतरानाक अवस्था हो ।
चौथो, कुरा अब के बुझ्नु पर्दछ भने जुन लागुऔषध उसले लिने गर्दछ त्यो लागु औषध उसले सेवन गर्न पाएन भने उसलाई कुनै शारिरीक मानसिक समस्या आउँछ कि आउँदैन ? उदाहरणको लागि कुनै व्यक्तिको रक्सी सेवन गर्न नपाउने वित्तिकै हाथहरु काम्न थालेमा वा कसैले टैवलेट खान नपाउने वित्तिकै उसलाई रातभर निन्द्रा परेन वा कसैले मेथाडोन वा व्राउनसुगर खान नपाउने वित्तिकै उसको जिउ दुख्न थाल्यो वा डिप्रेसन भएको महसुस गर्न थाल्यो वा कसैले लटठ्याउने कुरा सुँघ्न नपाउने वित्तिकै उसको टाउको दुख्न थाल्यो वा बान्ता होला जस्तो भयो भने हामीले बुझ्नु पर्दछ अब यो व्यक्ति दुव्र्यसनी भयो अर्थात लागु औषध नपाउँदा अव उसलाई शारीरिक मानसिक समस्या शुरु हुन थाले छ । दुव्र्यसन भनेको यहि अवस्था हो ।
अब यसैगर िपाँचौ चरणमा हामीले के कुरा बुझ्नु पर्दछ भने त्यो व्यक्तिले लागु औषध नियमित लिनका लागि अव अनैतिक काम गर्न थाल्यो कि थालेन ? उदाहरणको लागि झुठो बोल्न थाल्यो थालेन, पैसा मास्न थाल्यो थालेन, पढाई छोड्ने वा फेल हुन थाल्यो थालेन, काम गरेको ठाउँमा गएल पर्न थाल्यो थालेन । यदि थाल्यो भने बुझ्नु पर्छ कि अब त्यो व्यक्ति सामान्य जिवन यापन गर्न नसक्ने हुँदै जाँदैछ ।
जसरी आज डिनर खाने वा लन्च खाने भने पछि संसारमा लाखौं थरीका भोजन हुन सक्छन् । कसैले आलुलाई लन्छ भन्न सक्छन्, कसैले मासुलाई, कसैले पाउरोटीलाई त कसैले भात वा ढिडोलाई । यसमा लन्च वा डिनर भन्ने कुराको मुख्य विशेषता के हुनुपर्दछ भने त्यो लिएको बस्तुले व्यक्तिको भोख सान्त गराउनु पर्दछ । त्यसै गरी संसारमा रुख, पात, जरा, पाउडर, जीव जन्तुको विष, रसायन, टैवलेट, झोल लगायत अनेकौं रुप र आकृतिका लाखौं प्रकारका लटठ्याउने चिज बस्तु हुने गर्दछन् जसलाई हामीले अहिले ड्रग्स भन्ने गर्दछौं । लटठ्याउने कुरा कुनै ठूलो सानो हुँदैन । ति विष नै हुन्छ । एउटा झिङ्गा मार्ने विष र हात्ती मार्ने विषलाई कुन ठूलो मान्ने ? दुवै विष नै हुन् । धेरै प्रकारका खानेकुराले व्यक्ति अघाए झै धेरै थरीका ड्रग्सले व्यक्ति लट्ठीएको हुन सक्छ । जुनसुकै प्रकारको लटठ्याउने कुरा लिएको भएपछि लागु औषध लिएकै मान्नु पर्दछ र त्यो चिज छोड भन्दा छोड्न नसक्ने अवस्थामा पुगेको भए अव त्यो व्यक्ति दुव्र्यसनी भएछ भनेर मान्नु पर्दछ । त्यस दिन पाटनवाट फोन गर्ने अभिभावकले यो कुरा बुझेका रहेनछन् । मैले बुझाउन प्रयास गरें । अन्तत उनले बुझे र झस्के ।
आज हज्जारौं परिवार जस्का छोरा छोरी लागु औषध समस्यामा छन् उनीहरु बर्षौसम्म मेरो छोरा वा छोरी अरु जस्तो दुव्र्यसनी होइन भन्दै भ्रममा बसेका छन् । यस प्रकारको भ्रममा पर्नु हुँदैन । कुनै पनि लटठ्याउने बस्तु लिएको छ भने गम्भीरतापूर्वक लिनै पर्दछ । ड्रग्स लिएको कुरा बच्चाको खेल जस्तो होइन ।

No comments: