कति रिसाएको होला चुल्बुल
मारिस है भनि मेरी चुल्बुली
उ मान्छे भएको भए 
कुटी कुटी निकल्थियो होला मेरो काचुली 
पहिले को नै थियो र उसको लागी चुल्बुली 
मिलाई दिने मै लमीले गरे मन-परी
दुई मुटुलाई एक ठाउँ लाउने
मेरै भयो सोच जति
भगवानले पनि धिकर्दौ होलान
भनि गर्यो मोरोले के गल्ती
रुन्छ आझ मेरो मन 
सम्झी ति मेरी मनकी प्यारी
सधै खेल्थिन कहि झिजो नमानी 
कसलाई बोलाऊ अब म छोरी भनि 
मर्ने बाउ मै नै भए अपराधी 
माफ गर चुल्बुल म निष्ठुरीलाई 
बचाउन सकिन तिम्रो बुढी चुल्बुलीलाई
उसको रिक्तता भन्दा
के ठुलो दिन्छौ र  सजाए मलाई 
मन बुझौ चुल्बुल
बाउले पनि छोरी गुमायो भनि 
तिम्रो पिडामा आसु बगाउने
यो अपराधी पनि छ भनि
आकाशको तारा भईन तिम्री चुल्बुली 
हेर्नु त्यहि चम्किलो तारा हो भनि चुल्बुली 
माफ गर्नु गल्ती भो यसपाली
तिम्रो चुल्बुलीलाई मर्नु थिएन मेरो नियति
कोसिस गर्दा-गर्दै सकेनन 
ति  सेतो कोट लगाउने जगिरी
I'm Sorry, She is down भनि
छोपी दिए आखा, मरि भनि चुल्बुली  
रोप्ने छु गुलाबको फुल 
मानी यही फुल भईन चुल्बुली 
लामो बिदा गईन भनि चुल्बुली
चुल्बुल संग चुल्बुल-चुल्बुल गर्ने तिम्रो-मेरो चुल्बुली

 
 
No comments:
Post a Comment