Sunday, May 10, 2020

J – एउटा पुरा नाम

खोई कता हो ? लाबिम मल आई सके भनेर गफ दिने ‘,

‘ए आईपुग्गै तिमी ‘ कुमले मोबाइल च्यापी मुत बिचमै रोकी फस्नल हतारिदै लगाएर ट्वाइलेटबाट हुतिए ।

‘कता तिर छौ भन त?‘ यति भन्दा सम्म लाबिम मलको भुई तलाको क्याफे नजिक पुगिसकेको थिए ।

च्याउ च्याउ­­­­­­ आवजको विचमा मेरा कानले स्पष्टसंग ‘म फुड स्टल अगाडी छु, छिटो आउ ‘ सुन्ने वित्तिकै ‘ए देखे ल ल‘ भन्दै मलबाट बाहिर निस्किए । मैले दोस्रो ल भनी नसक्दै फोन राखिएको टुउउउउ आवाज कानमा सेलायो । फुड स्टलको चारै तिर हेरे अनि घाम छेक्न कतै ओत लाग्न छाहारी खोजिन् कि भनेर त्यता पनि हेरे । आखाँले भाएका सबै ठाउँ सुस्म रूपमा नियाले तर उनलाई मेरा नजरले पछ्छाउन सकेनन्  । हातमा लगेका छिटा नपखाली निस्किएछु, ओभाउन लागेका छिटा पन्टको गोजीका बाहिरी पाटामा पुछ्दै फोनको काल लगबाट माथिको पहिलो नम्बरमा कल व्याक गरे ।

फोनको स्किनमा अंग्रेजीको ठुलो अक्षरको J र साना अक्षरका calling धेरै बेर रहन सकेन दुई रिन्मै फोन उठ्यो, ‘खुब आए भनेर गफ दिने है’ मैले केहि बोल्नु भन्दा पहिलै उतैबाट झर्किदै आवाज आयो अनि मैले अलिक नरम र मिठो बोलीको आशा राखी जवाफ फर्काए ‘कसम्म यहि छु‘ ।

उनीले ठट्ठैली पारामा गिजाउदै भनिन्, ‘त्यहि त आउदै नआएको मान्छे देख्न त घरबाटै मिल्ने रहिछ है, घर नजिक छ भन्दैमा नआई आए भन्न कति जानेको’ । मैले कुरा अझ बुझ्न सकेको थिएन, फरि वरपर उनलाई खोज्न आँखा डुलाए । नभेटिए पछि अल्मलिएको म उनको कुरा बुझ्न सोधे ‘हअ, के भनेको? कता तिर छै के तिमी?‘

अडर लगाउदै उनले भनिन् ‘कता हुनु कस्तो जाम रहिछ, थापाथलीको जाममा पुगे तिमी घरबाट छिटो निस्क‘ । उत्तर सुनाउन फोन राखिएको त्यो टुउउउउ आवजले फरि पनि दिएन् ।

आँखामा सेताम्मै पोतिएको मोती बिन्दु निकालेर फालेका आँखाले पहिलो पटक देखेका दृष्टि झै सबै कुरा छर्लंग भए । चुहिरहेको मुतलाई आफू भित्र तानी ट्वाइलेटबाट भुजा झै फुलेको म, एक्कासि चिउरा झै खुम्चिए, धन्न मुत चुहिएन छ । कौवा बाठो भए खोई के खान्छ भने सुनेको थिए आज आफूलाई पर्दा बल्ल त्यो सहि माहिनेमा चाल पाए । ट्वाइलेटमा काम आधामै छोडेर उछिट्टिएको उनको डाईलग पो सन्न रहिछ ।

फरि फोन गरेर म यहि छु तिमि जस्तै मान्छेलाई देखेको थिए माक्सले गर्दा झुकिए छु भन मन त लागेको थियो तर भनिन् । आज उसलाई म भन्दा छिठो पुग्छु भने खुसी त्यो रत्नपार्क देखि सादोबादो सम्मको कोचिएको माईक्रो यात्रा भर दिन मन लाग्यो । त्यसै नभनी रोकिए ।

यो पनि अरु दिन जस्तै थियो मेरा लागि, उनलाई १-२ घन्टा कुर्नु मेरा लागि सामान्य जस्तै भैसकेको थियो । तर पुगे पछि रिसाउन भने छोडेको थिएन । सायद त्यहि रिसको बाहानामा उनको अलि अलि भए पनि माया पाउने आशाले गर्दा मन नारिसाए पनि रिसाएको ढोंग भने कहिले गर्न छोडिन अझ पनि त्यहि ढोंगको तयारी मै थिए, उनी केहि बेरमा नाक मुख खुम्चौउदै टुप्कुक आइपुगिन् । सायद गाडीको सिसाबाट मलाई उनले देखिसके हुनु पर्छ ।

‘ओए गफ़्फ़ाडी कति छिटो आइपुगेको?‘ माइक्रो स्टपमा उनलाई कुरेर बसेको मलाई देखेर उनि छक्क पर्दै भनिन् । म पनि झर्किदै भने, ‘अगिनै आइसकेको नि, तिमि जस्तो हो र, जहिले पनि ढिलो आउने, सधै म नै कुर्नु पर्छ है‘

‘केरे, मैले फोन गर्दा घर मै भाको मान्छे अझै सधै कुर्नु पर्ने रे । बरु यति छिटो कसरी आयौ? अघि फोन गर्दा बाटोमा थियौ जस्तो छ, हो है ?‘  टाउको हल्लाएर मेरो सहमति खोज्दै प्रश्न तर्साइन ।

मैले ‘लिभ इट’ भनेर बाटो लाग्न उनलाई अघि सारे, माइक्रो स्टप अगाडीको एवेरेस्ट बैंकको घडीमा २:३८ भएको रहिछ । आकासे पुल मुनि र लाबिम मलको पर्खाल बिचको सानो गोरेटोमा चिया पसलको बाहिर राखिएको प्लास्टिक चुर्ची छिचोल्दै आगाडी हिड्यौ । खस फोनमा कुरा लबिम मल मै काफी खाएर बस्ने थियो तर नबोली हिड्दा हामी मदन स्मारक स्कूलको गेट निर पुगिसकेको थियौ। 

मलाई बोल्न कर्नै लग्यो, ‘कहाँ जाने हो मिस? एकछिन अझै हिड्यौ भने त मेरो घर मै पुग्छौ, कि जाने हो?‘ मैले अलिक फरक स्वरमा भने क्यारे उनले आँखाका नानीहरू घुमाएर मलाई रिसले हेरिन । मलाई नबोली रिसको ढोंग अझै देखाउन मन थियो तर के गर्ने आफ्नो घर छिमेक नजिक आइसैको थियौ । कसैले देख्ला भने डर लागेको थियो तर त्यो भिडमा सायद उनि मसंग हिडेको धेरैलाई चाल हुदैन थियो होला । नेवारको यात्राको यहि रमाईलो । आफु नेवार भए पनि मलाई त्यस्ता कुनै यात्रा कहिले छोएन । हजुर बाउको पाला देखि हामी मकवानपुर नै बसाई सरेको थियौ, त्यसैले नेवार भए पनि मेरो बानी केहि छेत्री बाहुन र केहि तामांग जस्तो थियो । हामी सरेको होइन लखेटिएको रे, कहिले काँहि बुवासंग मम्मी रिसाउदा सुन्न पाईन्छ ‘जाँठा लखेटिएका सन्तान ‘ । एक दिन दिउँसो मम्मी एक्लै भएको सोध्न मन लाग्यो अनि भने, ‘मम्मी हामी कहाँबाट लखेटिएको? ‘

‘हँ ‘ चामलमा ढुंगा केलाउदै गर्नु भएको मम्मी धक्क आढिनु भयो । अनि झर्किदै भन्नुभयो ‘ किन चाहियो तलाई, जा बरू १ गिलास मन तातो पानी लिएर आँईज । स्टीलको १ गिलास पानी मम्मी बसेको निरको रेलिंगको पेटीमा राखेर फरि सोधे तर यस पाली भने उत्तर आयो, सायद १ गिलास पानीको घुसले काम गरेछ होला ।

खासमा हाम्रो पुर्खेउली घर छेत्रपाटि रहिछ, हजुर बुवाले शोभा-भगवती मन्दिरको बाहुनको छोरी बिगारे पछि गुठिबाट निकालिएर यता लग्नु भएको रे। त्यहि भएर अंकलकोमा बस्ने हजुरआमा अलिक फरक देखिनु हुन्थियो, हाम्रो भन्दा लामो र चुचो नाक । हामी सबै हजुरबुवा तिर गएका थियौं ।

तर खोई मेरो प्लस टू सकिएर काठमाण्डौं आएमा हामी नवारको बाक्लो बस्तीमै घर लिन पुगेछौं ।

‘नेवारी खाजा खान जाउ न, घेरै भईसक्यो ‘ उनको आसय होनचाँ थियो । बाहुनकी छोरी भएर नेवारीमा कति मोह । कुरा भेने घरमा जोसंग गए पनि गएस् पानी नचल्ने र नवारसंग गईस् भने घर नआए हुन्छ भनेका छन् भन्छे । त्यसले हामी साथीमात्रै हो रे, एक दिन भाईवर कलमा भनेकी थिन् । भीडको विचमा म अघि, उनि पछाडी थिन् । उनको छाती भीडबाट जोगाउन मेरो ढाडले छेकी उनका दुवै हात अगाडी तानेर मेरो हातले समाएर लतारिदै हिडि रर्यौं । ठूलो भीड बाजा गाँजा पाटनबाट कुमारी घर आउदै थियो अनि हामी विपरित दिशामा ।

‘आइयाँ‘ भन्दै उनी पछाडी हेर्दै कराईन, मैले पनि साला को हो? भनेर उनको साथ दिए तर त्यो भीडमा हामी सुन्ने र हर्ने कोहि थिएन । छाती त बचाए तर पछाडीका उनका गाला तन्किनबाट जोकाउन सकिन् । पाटन दरबार पुग्ने बेला ‘ह्या‘ भन्दै मेरो हातबाट आफ्ना हात झड्काएर फालिन् । वरिपरी को होला भनेर हसंग्फसंग हेर्दै थिए तर यस पाली वरिपरी होईन तल रहिछ, कस्ले उनको स्यानडिल किचेर चुटाई दिएछ ।

अलिक पछाडी एउटा जुत्ता पसल रहिछ, त्यँहा हजार दिएर ३५० अनि एउटा सेतो चप्पलले उनको खुट्टामा सझाएर निस्कियौं । रोजाई भने मेरै थियो । उनले ल्याउन खोजेको त्यो पुरानो जुत्ता राखिएको निलो प्लास्टिकको झोला मैले त्यहि छोड्न लगाए, मेरो ६५० ले उनलाई छोड्न कर नै लगायो । नत्र कँहा सिलाउने होला भनेर बाटाको किनार पसलबाट चिहाउदै थिन् । पाटनको ति साना गल्ली त्यहि माथि जात्रा, जुत्ता सिलाउने त के कुकुर पनि बस्ने ठाउँ थिएन् ।

एउटा हातले निदारको पसिना र अर्को हातले क्रारेटमा बिछिएका अण्डालाई फोडि मेलैसंग ठुलो कालो ताप्केमा सेकिएका बारामा अण्डाको झोल बिचमा खनाउदै गरेकी दिदीमा घोरिएका हामीलाई वटेर भाई  ‘के खाने?’ भनी हाम्रो ध्यान आफु तिर तान्यो ।

हामीसंग साथी दिन अरु दुइ जना हाम्रो टबल थिए, दुबै नेवार थिए । उनीहरुको भाषाले हामीलाई थाहा दिन्थ्यो । छिटो बोलेकाले के भनेका छन् चाँहि म नेवार भए पनि बुझ्दैन थिए। बारा बनाउने दिदिको देब्रे तिरको बिचको टेबलमा छेउ तिर बसेका थियौं र हाम्रो छेउमा ती नेवारहरू । बारा पकाएको राप बेला बेला हामीका आईपुग्थ्यो । बारा पकाउने दिदि र हाम्रो बिच मात्र एउटाको खम्बा डेड फीटको खाली ठाउँको दुरी थियो । हामीलाई के खाने भनेर सोधी सके पछि भाईले हाम्रो पछाडीको टेबलमा बारा ओसारी पूर्ण हाम्रो उत्तर कुरेर उभिएको थियो । धेरै बेर कुराउन ठीक लागेन अनि उनलाई सोधे ‘के खान्छौं?’

‘चोइला, चिउरा, आलु र लोकल’ खाने म त

‘लोकल रे?’ साइडमा बसेका मान्छेले सोंको नपाउने गरि आखा ठुलो पर्दै बोलि नै नफ़ुटाली ओठले चलाएर सोध्ने।

तर उनलाई मेरो प्रश्नको उत्तर दिनुसंग केहि मतलब थिएन, उनी अडर थप्न  बेस्त थिन ‘भाई दुईको ऒटा सुर्य है, लाईटमा’

‘लाईट छैन’ धेरै बेर कुराएरकोले होला भाई झिझिदै भन्यो

‘बाहिरबाट ल्याइदेउ न’ उनले आघ्र भाईले ‘अहिले मिल्दैन एक्लै छु‘  भनी टारि दियो

अनि अन्तमा मैले नै अडरमा बिर्को लगाईदिए ‘हुन्छ भाई रेड नै ल्याईदेउ अनि एउटा कोक पनि‘

To be continue…..

कृपया यसलाई एउटा कथाको रुपमा हेर्नु होला, कुनै व्यक्ति, समाज, ठाउँ र समुदायलाई ठोस पुग्न गएमा माफी चाहान्छु।

No comments: